‘विद्यार्थीलाई भयरहीत रुपमा परीक्षा दिने व्यवस्था मिलाएका छौँ,शिक्षकहरुलाई त्यो वातावरण बनाउन भनेको छाैँ’:-परीक्षाकेन्द्र प्रमुख रविना महर्जन

author

समाचारपाटी

२ years अगाडि

आजबाट माध्यमिक शिक्षा परीक्षा शुरु भएको छ । आज बिहान ८ बजेबाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको छ । पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यस वर्ष परीक्षामा कुल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन् । यस वर्षको एसइईमा सहभागी हुनका लागि २०७८ सालमा कक्षा ९ मा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ रहेपनि  कक्षा १० मा आइपुग्दा परीक्षामा सहभागी हुन आवेदन दिने विद्यार्थी चार लाख ८४ हजार २ सय २७ जना भएका थिए । नेपालबाट रोजगारीका लागि जापान पुगेका नेपाली नागरिकका १४ जना छोराछोरीले जापानबाटै परीक्षा दिँदैछन् । परीक्षामा सबैभन्दा धेरै वागमती प्रदेशमा १ लाख ६ हजार ९ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३ सय २९ परीक्षार्थी सहभागी भएका छन् । प्राविधिक धारतर्फ करिव १५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार ९ सय ८२ विद्यार्थी र ५०  दृष्टिबिहीन विद्यार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षा शुरु भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौंको टेकुस्थित सरस्वती निकेतन माध्यमिक विद्यालयकी परीक्षाकेन्द्र प्रमुख रविना महर्जनले परीक्षाकेन्द्रमा सबै विद्यार्थीलाई भयरहीत वातावरणमा परीक्षा दिने व्यवस्था मिलाउन निर्देशन दिएको बताउनु भयो । उहाँले परीक्षा केन्द्रका रुपमा बिहीवार नै सबै तयारी सकेकाले आज समयमा नै परीक्षा शुरु भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो परीक्षा केन्द्रलाई हामीले हिजो नै तयारी गरिसकेका थियौँ । आजबाट बिहानैदेखि माध्यामिक शिक्षा परीक्षा शुरु भइसकेको छ । हामीले मर्यादित र अनुशासित हिसावले परीक्षा चलाउने वातावरण सिर्जना गर्न गइरहेका छौँ । विद्यार्थीहरुलाई भयरहीत वातावरणमा लेख्न सकुन् भनेर शिक्षकहरुलाई त्यो वातावरण बनाउन भनेको छु ।’

यस वर्ष ७ हजार २ सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत विद्यालय एसइईमा सहभागी छन् । एसइईमा गत वर्ष देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन दिएका थिए । परीक्षामा भने चार लाख ९५ हजार छ सय ४८ विद्यार्थी सहभागी भएका थिए । चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...