fbpx

दोस्रो हिसान गण्डकी प्रेदश स्तरीय फुटसल प्रतियोगिताका शुरु

author

समाचारपाटी

४ महिना अगाडि

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसिले उद्घाटन गर्नुभयाे ।

प्रतियोगितामा ग्लोबल कलेजियट स्कुलले पोखरा आर्दश सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हराएको छ । त्यसै गरी अर्को खेलमा प्रतिभा सेडेन्डरी स्कुलले माउण्ट अन्नपुर्ण सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ३–२ गोल अन्तरले हरायो । निधारी समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो । त्यसै गरी सगरमाथा सेकेन्डरी स्कुलले न्यु ग्यालेक्सी इङलिस सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले हरायो । निधारीत समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो ।

अर्को खेलमा स्नोभ्यु इङलिस बोडिङ स्कुलले न्यु मोडल सेकेन्डरी स्कुललाई ४–३ गोल अन्तरले हरायो । शुक्रबार नै भएको अर्को खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कुलले शिसुनिकेतन स्कुललाई ७–४ गोल, बालविकास इङलिस बोडिङ स्कुल नवलपुरले ग्यान बगैचा इङलिस बोडिङ स्कुल तनहुँलाई ८–१ गोल र त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल टिम ए ले फियुचर ब्राइट बोडिङ स्कुललाई ७–१ फराकीलो गोल अन्तरले हरायो ।

प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिनुभयाे । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिनुभयाे । प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगले बताउनुभयाे ।

त्यसै गरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका ८ टिमको सहभागीता जनाएका छन् । खुल्ला कलेजस्तरीय फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार मेडल र ट्रफि, उपविजेताले नगद १० हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् ।


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन