लाभांस घोषणा सहित सिक्लेस हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा । सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांस घोषणा सहित १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १३ मेघावाटको मड्क्यु खोला जलविद्युत आयोजनाले सोमबार पोखराको आभ्या क्लवमा सम्पन्न भएकाे साधारण सभामा कर सहित १०.५२ प्रतिशतको लाभांस घोषणा गरेको हो ।

साधारण सभामा बोल्दै कृषि, उर्जा तथा जलश्रोत मन्त्री बेद बहादुर गुरुङ्गले लाभांस वितरण गर्न सक्ने अवस्थामा आइपुग्नु लिमिटेडको सफलता भएको बताउनुभयाे । मन्त्री गुरुङ्गले लिमिटेडका संस्थापक स्व.सूर्यबहादुर केसीको स्मृती गर्दै उहाँकै आँट र उर्जाका कारण सिक्लेसमा यो हाइड्रोपावर पुगेको औल्याउनुभयाे । यो योजना सिक्लेसवासीका लागि ऐतिहाँसिक र गर्व गर्न लायक योजना भएको मन्त्री गुरुङ्गको भनाई थियो । मादी गाउँपालिका वडा १ का वडाध्यक्ष देवीजंग गुरुङ्गले कम्पनीलाई स्थानियले विगतकै जस्तो साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयाे ।

सो अवसरमा बोल्दै लिमिटेडका प्रबन्ध निर्देशक रोशन केसीले हाइड्रो निर्माण शुरु भएपछि गोर्खा भूकम्प, बाढी, कोरोना महामारी जस्ता समस्यासंग जुध्न पर्दा आयोजना अनुमानित समय भन्दा केहि ढिला सम्पन्न भएको तथा लागत पनि केहि बढी पर्न गएको बताउनुभयाे । २ अर्व ३१ करोड ७६ लाखको आयोजना निर्माण ढेकेदार, परामर्शदाता, लगानीकर्ता बैंक तथा मेहेनती कर्मचारीका कारण यो अवस्थासम्म आइपुगेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता जाहेर गर्नुभयाे ।

गैर आवासिय नेपाली संघका अध्यक्ष समेत रहनुभएका लिमिटेडका निर्देशक कुल आचार्यले नेपालमा हाइड्रोपावरको सम्भावनाका बारेमा प्रकाश पार्दै मुलुकको आर्थिक विकासका लागि हाइड्रोमा थप लगानी गर्नुपर्नेमा जोड दिनुभयाे । लिमिटेडका निर्देशक सुनिल नारायण श्रेष्ठले साधारण सभामा शेयर सदस्यहरुले उठाएका जिज्ञासा मेटाउनुभएकाे थियाे । सो अवसरमा पब्लिकको तर्फबाट लिमिटेडले महेश कार्कीलाई निर्देशकमा मनोनित गर्यो । लिमिटेडका प्रबन्धक निराजन महर्जनले कार्यक्रम सञ्चानल गर्नुभएकाे थियाे ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.८१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन