fbpx

उदयपुर त्रियुगा क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण

author

समाचारपाटी

१ year अगाडि

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।

भदौको पहिलो साता पहिलो पटक अस्पतालमा उपचार गर्न आएका एक जनामा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको अस्पतालका प्रमुख डा.ज्ञानेन्द्र झाले जानकारी दिनुभयाे। उहाँका अनुसार पछिल्लो केहीदिनयता बिरामीको सङ्ख्या दैनिक वृद्धि हुँदै गइरहेको छ ।

अस्पतालका फिजिसिएन डा. राहुल रैनियारका अनुसार अहिले नयाँ भाइरसका रुपमा देखिएको स्क्रब टाइफसको उपचारका लागि दैनिक पाँचदेखि दश जनासम्म बिरामी अस्पताल आउने गरेका छन् । सुरुमा यस रोगको लक्षण अनियमित ज्वरो आउने, शरीर तथा छालामा राता डाम्रा देखा पर्नेलगायत रहेका उहाँले बताउनुभयाे ।

हाल यसको सङ्क्रमण जिल्लाको त्रियुगा र बेलका नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिकाका केही भागमा देखा पर्न थालेको जिल्ला अस्पताल उदयपुरका चिकित्सकले बताएका छन् ।

साउनको पहिलो सातादेखि डेङ्गु देखा परेको थियो भने साउनको दोस्रो सातादेखि जिल्लामा आँखा पाक्ने रोगको संक्रमण फैलिएको अस्पतालका प्रमुख झाले जानकारी दिनुभयाे । ‘स्क्रब टाइफस ब्याक्टेरिया माइड नामको जीवाणु वा एक प्रकारको जुम्राबाट सर्ने रोग हो’, उहाँले भन्नुभयाे ।

उदयपुरमा हाल डेङ्गु, मौसमी र भाइरल ज्वरोका साथै आँखा पाक्ने सङ्क्रमण न्यून हुँदै गइरहेको बेला स्क्रब टाइफसको सङ्क्रमण देखा परेको चिकित्सकको भनाइ छ ।

onlinekhabar


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन