fbpx

स्कटल्यान्डले अभ्यास खेलमा नेपाललाई ७ विकेटले हरायो

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपाल स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेलमा ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ३६ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २९ ओभरमा ३ विकेट गुमाएर भेटायो । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले ५९ र रिची बेरिङ्टनले ४१ रन बनाए । नेपालका गुलशन झाले २ र सोमपाल कामीले १ विकेट लिए ।

यसअघि दक्षिण अफ्रिकाको प्रिटोरियामा टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३५ रन बनाएको हो । नेपालका कुशल मल्लले ३७ र आसिफ शेखले २८ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन ज्याक जार्विसले ३र३ विकेट लिए ।

नेपालले दोस्रो अभ्यास खेलमा शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो ।

नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । समूह बी मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो