fbpx

कुकुरलाई जोगाउन खोज्दा स्कुटर दुर्घटना श्रीमानको मृत्यु, श्रीमती घाइते

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं । १५ पुसको साँझ ७ बजेर १० मिनेट जाँदै गर्दा भक्तपुरको मध्यपुरठिमी नगरपालिका-२ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट मगरगाउँतर्फ एक स्कुटर जाँदै थियो ।

बागमती प्रदेश ०२-०२८ प ६६१० नम्बरको उक्त स्कुटरका चालक हुनुहुन्थ्याे ३१ वर्षीय निश्चल प्रकाश राज भण्डारी । स्कुटरकै पछाडि हुनुहुन्थ्याे उहाँकी श्रीमती २८ वर्षीया पूजा श्रेष्ठ । भक्तपुर सानोठिमी धुन्चेपाखा बस्ने उनीहरु घरतर्फ जादै थिए । आफ्नै सुरमा स्कुटर चलाउँदै गरेका निश्चलको अगाडि अकस्मात एउटा कुकुर ठोक्किन आइपुग्यो । कुकुरलाई जोगाउन खोज्दा स्कुटर अनियन्त्रीत भयो ।

बाटो क्रस गर्न लागेको कुकुरलाई जोगाउन खोज्दा निश्चलको स्कुटर अनियन्त्रित भएर दुर्घटना भयो । दुर्घटनामा श्रीमान निश्चलका साथै उहाँकी श्रीमती पूजा पनि घाइते हुनुभयाे । तत्कालै प्रहरीले उद्दार गरेर भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका लागि पठाएको थियो । तीन दिनसम्म उक्त अस्पतालमा उपचार भयो ।

तर, त्यहाँ उपचार सम्भव हुन नदेखेपछि १८ पुस दिउँसो २ बजे निश्चल र उहाँकी श्रीमती पूजालाई थापाथलीस्थित नर्भिक अस्पताल पठाइएको थियो । दुवै दम्पतीको एक दिनसम्म नर्भीक अस्पतालमा उपचार भयो । तर, १९ पुसको साँझ साढे ७ बजे चिकित्सकले श्रीमान् निश्चललाई मृत घोषणा गरे ।

स्कुटरकै पछाडि सवार उहाँकी श्रीमतीको भने अहिले पनि नर्भीक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनमा परेको स्कुटर प्रहरी प्रभाग सानोठिमीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान गर्दा पूजाले प्रहरीलाई दुर्घटनाको कारण खुलाउनुभएकाे थियाे । पूजाको भनाइलाई उद्धृत गर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ढुण्डिराज नेउपाने भन्नुहुन्छ, ‘उहाँहरु आफ्नै सुरमा स्कुटर चलाइराख्नु भएको रहेछ । कसैले ठक्कर दिएको पनि होइन रैछ । कुकुरलाई जोगाउन खोज्दा दुर्घटनामा परेको देखिएयो ।’

मृतक र घाइते झापाको भद्रपुर नगरपालिकाको उपमेयर चन्द्रा श्रेष्ठका छोराबुहरी रहेको खुलेको छ । उहाँको परिवारले बताउनुभयाे । अनुसार उनीहरु दुवै जना अष्ट्रेलिया उड्ने तयारीमा थिए । अष्ट्रेलिया जान भनेर झापाबाट बिदाबारी भएर उनीहरु काठमाडौं आएका थिए । तर कुकुरका कारण निश्चलको अष्ट्रेलिया उड्ने सपना पूरा हुन पाएन । पूजाको चाहिा खुट्टामा चोट छ । उहाँको उपचार जारी भएको डीएसपी नेउपानेले बताउनुभयाे ।

onlinekhabar


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन