fbpx

आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त महावीर पुन, किताब बेचेर १० करोड कमाए

author

समाचारपाटी

२ महिना अगाडि

मकवानपुर । वैज्ञानिक डा. महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त हुनुहुन्छ । चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर हेटौंडामा बिताउनुभयाे । उहाँले स्थानीय युवाहरूलाई साथमा लिएर हेटौंडा, मकवानपुरगढीमा कार्यतालिका बनाएर किताब बिक्री गरिरहनुभएकाे छ । किताब बेच्दै नागरिकको प्रश्नमा आफ्नो जीवनका भोगाइ, लक्ष्य र राज्यले गरेको व्यवहारका सम्बन्धमा उहाँ खुल्दै आउनुभएकाे छ ।

डा. पुनले आइतबार आफ्नो जीवनीको किताब बेच्दै हिँडेको २०० दिन पुगेको र यो अवधिमा करिब १० करोड रुपैयाँ संकलन गरेको जानकारी दिनुभयाे । यसैगरी १० हजार ८ सय ४० किलोमिटर हिँडेको उहाँ सुनाउँनुहुन्छ । सोमबार नारायणी यातायात ब्यवसायी संघमा पुगेका डा. पुनले पछिल्लो एक वर्षको अवधिमा करिब सवा लाख प्रति पुस्तक बिक्री भएको जानकारी दिनुभयाे । पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ । सर्वसाधारणले उत्साहकासाथ पुस्तक खरिद गरी डा. पुनलाई सहयोग गरिरहनुभएकाे छ । शनिबार हेटौंडा आइपुगेका पुनले त्यसै दिन साँझ बुद्ध चोकमा साढे २ घण्टामा ४ सय वटा पुस्तक बिक्री गरेको सुनाउनुभयाे ।

राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि राज्यले एक करोड रुपैयाँ पनि नपत्याएपछि आफ्नै जीवनीलाई पुस्तकमा उतारेर बिक्री गर्दै हिँडेका पुन पछिल्लो साता हेटौंडा र आसपासमा विभिन्न टोलमा घुमिरहनुभएकाे हाे । सोमबार नारायणी यातायात व्यवसायी संघमा पुनले आफ्नो पुस्तक बिक्री गर्दै भन्नुभयाे, ‘वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्नुपूर्व तयारी गर्ने क्रममा करिब एक करोड रुपैयाँ खर्च भएको रकम सरकारले भुक्तानी दिने कुरा थियो तर, सरकारले दिएन ।’

‘यो पुस्तक बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ’ उहाँले भन्नुभयाे । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनले गत वर्ष मात्रै आफ्नो जीवनकथामा आधारित पुस्तक सार्वजनिक गर्नुभएकाे थियाे । ‘वीरगञ्जको कृषिऔजार कारखानाका लागि तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन होला’ डा.पुन भन्नुहुन्छ । यो पुस्तकको ई-बुक संस्करण पनि उपलब्ध गराउने तयारी गरिरहेको बताउनुभयाे । ३०८ पेज रहेको पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ ।

नारायणी यातायात व्यवसायी संघले डा. पुनको ३० थान पुस्तक खरिद गरेको संघका महासचिव सरोज खनालले जानकारी दिनुभयाे । डा. पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दीको नागी गाउँमा जन्मनुभएकाे थियाे । स्थानीय विद्यालयबाट कक्षा ७ सम्म पढेका पुन म्याग्दीबाट चितवन गएर माध्यमिक तहको अध्यापन पुरा गर्नुभएकाे थियाे । आर्थिक अवस्था कमजोर भएका कारण उहाँले स्नातक गर्न पाउनुभएन् । त्यसपछि पुनले झण्डै १३ वर्षसम्म विभिन्न विद्यालयमा पढाए । त्यसैक्रममा उहाँले अमेरिका र यूरोपका विभिन्न विश्वविद्यालयमा आवेदन दिनुभयाे ।

उहाँले ३३ वर्षको उमेरमा अमेरिकाको एक विश्वविद्यालयमा पढ्न आंशिक छात्रवृत्ति पाए र थप पढाइका लागि अमेरिका पुग्नुभयाे । पढाइ सकेर नेपाल फर्केका पुनलाई गाउँमा आम्दानी स्रोत खोल्ने सोचेर उहाँले चौरीगाई र गाईको फारम खोल्नुभयाे । पुनले आफू सानो हुँदा पढेको विद्यालयमा सुधार गरेर हाइ-स्कुलसम्म पढाइ हुने बनाउनुभयाे भने गाउँलेहरुसँग मिलेर कागज उत्पादन सुरु गर्नुभयाे । गाउँमा मौरीपालन, आरुबखडाको जाम बनाउने, च्याउखेती, गाउँमै लुगा बुन्ने काममा स्थानीयलाई सहयोग गर्नुभयाे ।

डा. पुनले गाउँमा आएका विदेशीलाई साथी बनाउने र उनीहरुसँग सम्पर्क राखेर बिग्रेका कम्प्युटरको विभिन्न भाग ल्याइदिन लगाएर गाउँलेलाई कम्प्युटर चिनाउने मात्र नभएर बिग्रेका कम्प्युटरका भाग जोडेर कम्प्युटर नै निर्माण गर्न सिकाउनुभयाे । कम्प्युटर निर्माण गर्ने, त्यसमा इन्टरनेट जोडेर चलाउने, त्यहाँबाट वायरलेस टेक्नोलोजीमार्फत गाउँ–घरमा रहेका विभिन्न स्कुलमा इन्टरनेट पुर्‍याउनुभयाे । गाउँ–घरमा डाक्टर जान नमान्ने समस्या अहिले पनि उत्तिकै छ । बिगतमा त यो झनै ठूलो समस्या थियो । डा. पुनले गाउँकै पाका महिलालाई स्वास्थसम्बन्धी तालिम उपलब्ध गराएर ती महिलाले सामान्य रुघाखोकी, ज्वरो, झाडापखाला आदि रोगमा सामान्य उपचार गराउन थाल्नुभयाे ।

२०६५ ताका डा. पुनले हेटौंडा अस्पतालमा टेलिमेडिसिन सुरुवात गरेका थिए । ६० को दशकमा हेटौंडामा इन्टरनेट प्रयोगमा आएको थियो त्यसको केही समयभित्रै डा. पुनले हेटौंडा अस्पतालमा टेलिमेडिसिन सुरुवात गरेको हेटौंडा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष सरोजकुमार खनाल बताउँछन् । सरकारी अस्पतालमा पहिलोपटक हेटौंडा अस्पतालमा टेलिमेडिसिन सेवाको सुरुवात डा. पुनले नै गरेको खनालले जानकारी दिनुभयाे ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको पालामा वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनको जिम्मा महावीर पुनलाई दिइएको थियो । उक्त कारखाना वर्षौंसम्म बन्द अवस्थामा थियो भने विदेशबाट आयातित कृषि औजारको दबदबा थियो । यो अवस्थामा महाविरले कारखानाका मेसिन उपकरण सामान्य मर्मत गरेर कुटो, कोदालो लगायतका कृषिकर्ममा प्रयोग हुने औजारहरु उत्पादन सुरु गरेका थिए । त्यो कामका लागि रकम अभाव भएपछि उनी पुस्तक बजेर पैसा जोहो गर्ने अभियानमा लागेका हुन् ।

पुनको अभियानमा साथ दिने युवाहरुको उल्लेख्य संख्या देखिन्छ । उनीहरुले महाविर र उनको पुस्तकसँग फोटो खिच्दै सामाजिक सन्जालमा पोष्ट गरेको देखिन्छ र महाविरलाई साथ दिएको सन्देश प्रवाह गरेको पाइन्छ । डा. पुनले पनि पुस्तक बिक्रीका क्रममा देशभरबाट पाएको माया, स्नेह र सम्मान निकै अतुलनीय रहेको प्रतिक्रिया दिनुभयाे ।

सोमबार हेटौंडाका युवाहरुको साथ पनि पुनले पाउनुभयाे । सोमबार पुनसँग पुस्तक खरिद गरेपछि हेटौंडाका निरज सिंह ठकुरीले सामाजिक सन्जालमा लेखेका छन्, ‘हेल्लो संघीय, प्रदेश अनि स्थानीय सरकार, देश बनाउने हुटहुटी भएका मान्छेहरुसँग हातेमालो गर्न कसलाई सोध्नु पर्ने हो ?’

onlinekhabar


काठमाडौं

बिहिबार, कार्तिक १५, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक