fbpx

बुबाबाट गर्भवती भएकी बालिकाको जिम्मा सयात्रीले लियो

author

समाचारपाटी

२ years अगाडि

महोत्तरी । आफ्नै बुवाले बलात्कार गरेर १३ वर्षीया छोरीलाई गर्भवती बनाएको घटना बाहिरिएसँगै गैरसरकारी संस्थाहरुले निकै चासो देखाएका छन् ।

महोत्तरीको बर्दिबास–११ स्थित खयरमारा स्थायी घर भई हाल भक्तपुर बस्ने आफ्नै छोरी संगीता ९नाम परिवर्तन गरिएको लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको घटना १८ चैतमा बाहिर आएको थियो ।

घर महोत्तरी भए पनि घटना भने भक्तपुरमा भएकाले महोत्तरी प्रहरीले पीडित बालिकालाई गत शनिबार भक्तपुर प्रहरीलाई जिम्मा लगाएको थियो । सबै घटना सार्वजनिक भएपछि पीडित बालिकाको सम्पूर्ण जिम्मेवारी सयात्री नेपालले लिएको छ । ‘मैले बालिकालाई गएर भेटेँ । उनको अवस्था निकै दयनीय छ । हामी पीडित बालिकाको भरणपोषणदेखि सम्पूर्ण जिम्मेवारी लिन चाहन्छौँ,’ सयात्रीकी अध्यक्ष गीता केसीले बताउनुभयो ।

आमा सुनिता नाम परिवर्तन गरिएकोले सोधखोज गर्ने क्रममा बुबाले नै बलात्कार गरेर गर्भ बसेको बालिकाले बताएपछि घटना बाहिर आएको हो । भक्तपुरबाट १४ चैतमा तीन छोराछोरीलाई बोकेर महोत्तरीस्थित घर खयरमारा आइपुगेकी आमा सुनिताले नै सञ्चारकर्मीहरुलाई बोलाएर घटना सार्वजनिक गरेकी हुन् ।

कसरी भएको घटना ?

रामबहादुरका एक छोरा र दुई छोरी छन् । पीडित संगीता जेठी छोरी हुन् भने अन्य दुई जना सानै छन् । आर्थिकरुपमा निकै कमजोर रहेको यो परिवार धादिङको इँटाभट्टामा काम गर्दै आएको थियो ।

बिबि इँटाभट्टामा काम छोडेर सपरिवार असोजतिर काम कै खोजीमा भक्तपुर पुगेको थियो । श्रीमान रामबहादुर र सुनिता दिउँसो सँगै मजदुरी गर्न निस्कन्थे । कहिलेकाहीँ सन्च भएन भन्दै रामबहादुर घरमै बस्थे अनि सुनिता एक्लै काम गर्न जान्थिन् ।

घटना कात्तिक महिनातिरको हो । सुनिता माइत गएकी थिइन् । पीडित बालिका संगीताका अनुसार आफ्ना बुबा रामबहादुरको गिद्धे नजर त्यही समयदेखी पर्‍यो । ‘ममी मामाघर गएको बेला भाइ, बहिनी सुते अनि मलाइ बाबाले जवर्जस्ती गर्नुभयो,’ पीडित बालिका संगीताले भनिन्, ‘मेरो मुख छोप्नुभयो, कराएमा मार्ने धम्की दिनुभयो, अनि मलाई पटकपटक गर्नुभयो ।’

बुबाले आफूले गरेको विषय कसैलाई भनेमा आमा, भाइबहिनी सबैलाई मारिदिने धम्की दिने गरेको उनले बताइन् । आफू कतै गएकाबेला छोरीमाथि गिद्धे नजर राख्ने गरेको पीडित बालिकाको आमाले बताइन् ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन