fbpx

उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग 

author

समाचारपाटी

३ हप्ता अगाडि

 गणेश पहारी । पोखरा  । पोखरा महानगर पालिका वडा नं–६ मा स्थित  उपकार बचत तथा ऋण सहकारी  संस्थाले १६औं वार्षिकोत्सव ज्येष्ठ नागरिकहरुलाई सहयोग गरि मनाएको छ । सहकारीले पोखरा महानगर पालिका वडा नं–६ मा स्थित शुभकामना जेष्ठ नागरिक पार्क लाई १ लाख रुपैयाँ बराबरको भान्सामा प्रयोग गरिने किचन सामाग्री बितरण गरेको छ ।उक्त सामाग्री संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले ज्येष्ठ नागरिक पार्क परिवार लाई सोमबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेका छन । सो अवसरमा पोखरा महानगर पालिका वडा नं–६ वडा सदस्य  बासुदेव बरालले  ज्येष्ठ नागरिकहरूका  लागि आवश्यक सेवा, सुविधा प्रदान गर्न वडा कार्यालय लागि परेको सुनाउनुभयाे ।

उहाँले अधिकारको संरक्षण र सम्वर्द्धन गरि उनीहरूमा भएको अनुभव, सीप, ज्ञान र क्षमतालाई लाई विकासको राष्ट्रिय मूल  प्रवाहमा समाहित गदै योजनावद्ध ढङ्गले लाग्न सरकारलाई आग्रह गर्नुभयाे । ज्येष्ठ नागरिकहरूले  परिवारमा पाउने सेवा,  सुविधा एवं सम्मानमा क्रमश ह्रास हराउँदै गएको छ ।

यस अवस्थालाई अझ खस्किन नदिन, सामाजिक संस्कार र मान्यतालाई कायम राख्न आज हाम्रो लागि चुनौती बनेकोमा चिन्ता जनाउनुभयाे । उमेरको उत्तरार्धमा ज्येष्ठ जीवन बिताईरहेको ज्येष्ठ सदस्यहरूलाई प्राप्त सामाग्रीहरू राहत पुग्ने विश्वास व्यक्त गर्नुभयाे । अध्यक्ष सूर्यनाथ पहारीले सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कामहरू गरेको स्मरण गर्दै, ज्येष्ठ नागरिकहरूको हकहित संरक्षण गरि उहाँहरूलाई समाजमा उचित र यथोचित ढङ्गले सम्मान दिनु आवश्यक रहेको बताउनुभयाे । संस्थाले समुदायका ज्येष्ठ नागरिकलाई सहयोग गरेर संस्थाको वार्षिकोत्सव मनाउँदा आत्मसन्तुष्टि मिलेको जनाउनुभयाे । कार्यक्रममा नागरिक समाजका कास्की पूर्व संयोजक विष्णुहरि अधिकारी, सहकारीका उपाध्यक्ष सुन्दरराज पहारी, सचिव कुष्ण कुमारी पौडेल, ज्येष्ठ नागरिक सदस्य लोकराज पहारी र पार्क उपाध्यक्ष कुन्ता अधिकारी लगायतले ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा ह्रास हाउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

ज्येष्ठ नागरिक पार्क परिवारले संस्थालाई माया गरेर आज यहाँसम्म पुर्याउनु हुने सबैलाई धन्यबाद व्यक्त गर्दै, आउँदा दिनहरूमा पनि सहयोगी हातहरू लिएर आउन आग्रह गर्नुभएकाे थियाे ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर