नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले गत साउनमा भएको सौर्य एयरलाइन्सको दुर्घटनाका पीडित परिवारलाई न्याय दिन माग गर्नुभएको छ ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चार वर्षको बालकलाई एयरलाइन्सको कर्मचारी बनाएर यात्रा गराउनु गैरकानूनी भएको बताउनुभयो । उहाँले दुर्घटना छानबिनका लागि बनाइएको आयोगसमेत गैरकानूनी रहेकाले पुनः आयोग गठन गर्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सात महिना अघि साउन ९ गते काठमाडौं एयर पोर्टमा भएको सौर्य जहाज दुर्घटना तीन सन्तान गुमाएका पत्रकार प्रकाश खतिवडाले सबै मान्यज्यूहरुलाई तत्सम्बन्धमा घटनाका सम्बन्धमा म्यासेज पठाएर जनकारी गराउनुभएको छ । उहाँको दाबी अनुसार दुर्घटना भएको जहाजको उडान गैरकानूनी छ । चार वर्षको बालकलाई समेत एयरलाइन्सको कर्मचारी बनाइएको छ । तत्सम्बन्धी बनाइएको आयोग गैरकानूनी छ । पुनः आयोग गठन गरी छानबिन गरी पीडितहरुलाई न्याय दिइयोस् ।’
सांसद कुँवरले उदयपुर सिमेन्ट कारखाना बन्द हुँदा २५० श्रमिकको बिचल्ली भएको बताउनु भयो । उहाँले उद्योग सञ्चालन गर्न वा श्रमिकले पाउने सुविधा दिएर बिदा गर्न सरकारसँग माग गर्नुभयो ।
–न्युज एजेन्सी नेपाल