fbpx

गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि

author

समाचारपाटी

९ महिना अगाडि

अनिष मिजार/आशिष अधिकारीः न्युज एजेन्सी नेपाल
नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ ।
कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् । २०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु वाह्य पर्यटकहरुले भरिभराउ छन् । सौराहामा घुम्न आउने वाह्य पर्यटकमा चिनियाँ र भारतीय पर्यटकको संख्या उच्च छ । अंग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक र वाह्य पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको व्यवसायीको भनाई छ । सौराहामा पर्यटन आगमनमा वृद्धि भएपनि व्यवसायीहरुले नयाँ गन्तव्य र वाह्य पर्यटकको बसाई थप गर्न सक्नुपर्ने बताएका छन् । पर्यटन व्यवसायीहरुले पर्यटकहरुको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी ५ देखि ७ दिनसम्मको लागि बनाउनुपर्ने माग राखेका छन् । क्षेत्रीय होटल संघका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै सौराहामा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको बताउनु भयो । उहाँले २०२३ मा सौराहामा ४० प्रतिशत आन्तरिक र बाँकी ६० प्रतिशत पर्यटक वाह्य रहेको बताउनु भयो । उहाँले सौराहामा एकै पटक ७ हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको बताउनु भयो । उहाँले जिप सफारी,हात्ती सफारी लगायतका कार्यक्रमहरु भएपनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको बताउनु भयो । उहाँले सरकारले निकुञ्जमा अन्य रुटहरु पनि खुला गरिदिए पर्यटकहरुको लागि राम्रो हुने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो,‘सौराहामा ४० प्रतिशत आन्तरिक पर्यटक हुनुहुन्छ भने २० प्रतिशत भारतीय चिनियाँ पर्यटक तथा ४० प्रतिशत अन्य देशका पर्यटक हुनुहुन्छ । सौराहाले एकै पटक ६४ सय भन्दा बढी पर्यटकलाई राख्न सक्छ । सौराहा राष्ट्रिय निकुञ्जमा आवद्धता भएका व्यवसायीहरु हौं । सौराहाका पर्यटकहरुको सबै कार्यक्रमहरु राष्ट्रिय निकुञ्जसँग जोडिएका हुन्छन् । जिप सफारी,हात्ती सफारी लगायतका कार्यक्रमहरु छन् । पर्यटकहरुले मन पराउने भनेको हात्ती नै हो । राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जीप सफारीको रुट छ । अन्य रुटहरु पनि खुला गरिदिए पर्यटकहरुको लागि राम्रो हुने थियो । चितवनमा आउने विदेशी पर्यटकको लागि हवाई भाडा कम गर्नसके अझ धेरै पर्यटक आउनसक्ने थिए । सौराहामा १६८ वटा होटलहरु छन् । त्यसमा हाम्रो ६४ सय २२ बेडहरु छन् ।’

क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहाको पर्यटन लयमा आएको बताउनु भयो । उहाँले पछिल्लो समय सौराहामा आन्तरिक तथा वाह्य गरी ७५ प्रतिशत पर्यटक आगमन भएको उल्लेख गर्नुभयो । उहाँले सौराहामा गुणस्तरीय होटलहरुमा लगानी बिस्तार हुँदै गएको बताउनु भयो । उहाँले व्यवसायीहरुले सौराहामा आउने पर्यटकको लागि पुराना गतिविधि नै दिइरहेको भन्दै नयाँ पर्यटकीय गन्तव्य र गतिविधि दिन आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय निकुञ्जको नियम कानूनसँग बसेर होटल सञ्चालन गर्नुपर्ने हुँदा जङ्गल वाक,हात्ती सफारी,जीप सफारी,बोटिङ बाहेक नयाँ कार्यक्रम दिन नसकिएको बताउनु भयो । उहाँले सरकारले राष्ट्रिय निकुञ्जको ऐनलाई नै परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले निकुञ्जको पुरानो ऐनको कारण पर्यटक व्यवसायीहरुलाई धेरै असर परेको भन्दै  निकुञ्जमा सफारीको लागि अन्य रुट खोल्न आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘चितवनको पर्यटन क्षेत्र लयमा आएको छ । ७५ प्रतिशत पर्यटक चितवनमा आगमन भएको छ । सडक मार्ग समय–समयमा बिग्रने गरेकाले सौराहा आउने पर्यटकलाई असर पर्दा लयमा आउन थालेको पर्यटक अर्को बाटोमा जाने चिन्ता बढेको छ । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । सौराहा चितवन जिल्लालाई चिनाउने पर्यटकिय नगरी हो । सामान्य खालका होटलदेखि पाँच तारे होटल समेत बनेका छन् । सौराहामा हेरक दिन १० हजार भन्दा बढी पर्यटकहरु स्तरीय होटलमा राख्न सक्ने अवस्थामा छौं । सौराहामा आउने पर्यटकको लागि पुराना गतिविधि नै दिइरहेका छौं । नयाँ पर्यटकीय गन्तव्य र गतिविधि दिन सकिरहेका छैनौं । पर्यटकलाई दिँदै आएको जङ्गल वाक,हात्ती सफारी,जीप सफारी,बोटिङ भन्दा नयाँ कार्यक्रम दिन सकि रहेका छैनौं । सरकारले राष्ट्रिय निकुञ्जको ऐनलाई नै परिर्वतन गर्नुपर्ने अवस्था रहेको छ । निकुञ्जको पुरानो ऐनको कारण पर्यटक व्यवसायीहरुलाई धेरै असर परेको छ । पर्यटकको लागि नयाँ व्यवसाय लाउन सकिएको छैन । निकुञ्जमा सफारीको लागि रहेको एउटा मात्रै रुटलाई अन्य थप रुट खोल्न आवश्यक छ । निकुञ्जभित्र सञ्चालनमा रहेका पुराना होटलरुलाई सञ्चालनमा ल्याउनुपर्छ । अब कोभिड पहिलाकै अवस्थामा सौराहामा विदेशी पर्यटक आगमन हुनेमा ढुक्क छु । अहिले भारतीय र चिनियाँ पर्यटक धेरै मात्रमा रहेका छन् ।’

सौराहाका होटल व्यवसायी माधव दुवाडीले अहिले २०१९ लाई बिर्सने गरी सौराहामा पर्यटकहरुको आगमन भइरहेको बताउनु भयो । उहाँले पर्यटक आगमन वृद्धि भएसँगै सौराहाका होटल व्यवसाय फस्टाएको बताउनु भयो । उहाँले आन्तरिक पर्यटकहरु समूहगत रुपमा आएर सभा सम्मेलनहरु गर्ने गतिविधिहरु वृद्धि समेत भइरहेको बताउनु भयो । उहाँले राष्ट्रिय निकुञ्जलाई विगतको नीतिअनुसार उपयोग गरिरहेकाले बताउनु भयो ।  उहाँले  विगतकै गन्तव्यका आधारमा पर्यटकहरुलाई आकर्षण गर्ने भन्दा पनि नयाँ गन्तव्यको खोजि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सौराहा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिए पनि त्यहाँबाट पर्यटन व्यवसायीले अझै फाइदा लिन नसकिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अहिले २०१९ लाई बिर्सने गरी पर्यटकहरुको आगमन भएको महशुस गरेका छौं । अहिले व्यवसाय पर्यटक फस्टाएको अवस्था छ । आन्तरिक पर्यटकहरु समूहगत रुपमा आएर सभा सम्मेलनहरु गर्ने गतिविधिहरु वृद्धि भएका छन् । हाम्रो नीति निर्माणमा समस्या छ । राष्ट्रिय निकुञ्जलाई विगतको नीतिअनुसार उपयोग गरिरहेका छौं । विगतकै गन्तव्यका आधारमा पर्यटकहरुलाई आकर्षण गर्ने सक्ने अवस्था छ्रैन । त्यसैले नयाँ गन्तव्य पस्कने विषयमा जानु आवश्यक छ। पर्यटन गतिविधि बढाउन व्यवसायीहरुले लगानी बढाउने हो । सडक मार्गको लागि राज्यले लगानी गर्नुपर्छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको भएपनि त्यहाँबाट हामीले अझै फाइदा लिन सकिरहेका छैनौं ।’

त्यस्तै होटल व्यवसायी बासु ढुङ्गानाले सौराहामा वृद्धि भएका पर्यटकको बसाई लम्ब्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले सौराहा आउने विदेशी पर्यटकको बसाई लम्ब्याउनसके सौराहाका होटल फस्टाउने मात्रै नभएर सौराहाको अर्थतन्त्र सुधार हुने अवस्था रहेको बताउनु भयो । उहाँले विदेशी पर्यटकको बसाई लम्ब्याउनको लागि सरकारले राष्ट्रिय निकुञ्जमा जानको लागि एक दिनको लागि मात्रै टिकट दिने व्यवस्था परिर्वतन गर्नु माग गर्नुभयो । 

उहाँले भन्नुभयो,‘ विदेशी पर्यटकहरु चितवन भ्रमणको लागि आउनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्ज जानुहुन्छ । त्यहाँ जाँदा सरकारले पर्यटकले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै मान्यता दिएको छ । पर्यटकहरु हतारहतार एक दिनमा डुङ्गा सयर,जङ्गल ड्राइभ,हात्ती सफारी गर्ने हुँदा कतिपय कार्यक्रमहरु छुट्छन् । हाम्रो माग के हो भने एक पटक काटेको टिकटलाइ ५ देखि ७ दिनको समय अवधीको अनुमति दियौं भने बिस्तारै ढुङ्गा सयर,जङ्गल ड्राइभ,हात्ती सफारी लगायत अन्य कार्यक्रम थप गरेर सन्तुष्ट भएर फर्किन्छ । त्यस्तो हुँदा राज्यको कुनै खर्च हुँदैन । लामो समय निकुञ्जमा सर्भिस लिन बस्छ । त्यसले सौराहाको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउँछ । यसले गर्दा सौराहा मात्रै नभएर अन्य निकुञ्जसम्म जान सक्ने अवस्था रहन्छ । त्यसले गर्दा सरकारसँग हामी व्यवसायीहरुले माग गरिरहेका छौं ।’

होटल व्यवसायी प्रकाश न्यौपानेले सौराहा आउने पर्यटकले वन्यजन्तु र प्राकृति रमणीय होटलहरु बढी रुचाउने गरेको बताउनु भयो । उहाँले समग्र नेपालका आउने पर्यटकमध्ये ३२ प्रतिशत मात्रै पर्यटक सौराहा आउने गरेको दाबी गर्नुभयो । उहाँले वनवास रिसोर्ट सञ्चालनमा आएको दुई महिना मात्रै हुँदा पनि प्रकृतिसँगै पर्यटक रमाउन सक्ने होटल भएकाले वनवास रिसोर्ट रोजाईमा पर्ने गरेको बताउनु भयो । उहाँले विदाको समयमा सौराहामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले वनवास रिसोर्ट रोजाइमा पर्न थालेको बताउनु भयो । उहाँले निकुञ्जमा भएका जन्यजन्तुको संरक्षण गर्नसके मात्रै सौराहाको पर्यटन व्यवसाय माथि पुग्ने बताउनु भयो । 

सौराहामा पर्यटन आगमन सहज बनाउनको लागि सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको संख्या अझ बढ्न नसकेको व्यवसायीको गुनासो छ । त्यस्तै व्यवसायीहरुले चितवन आउने पर्यटकको लागि हवाई यातायात पनि महँगो भएको बताए । व्यवसायीहरुले सौराहामा पर्यटन वृद्धि भएसँगै नयाँ लगानी र सम्भावनाका ढोका खुल्दै जाने अवस्था सिर्जना हुने बताए ।  


काठमाडौं

बिहिबार, अशोज २४, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने