साउदी युवराज मोहम्मद बिन सलमानले सोमवार साँझ साउदी अरेबियाको जेद्दामा भ्रमणमा रहनुभएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्नुभएको छ । साउदी युवराजले जेद्दाको अल–सलाम दरबारमा युक्रेनी राष्ट्रपतिलाई स्वागत गर्नुभएको हो । जहाँ आधिकारिक स्वागत समारोह आयोजना गरिएको थियो । दुई नेताहरूले औपचारिक वार्ता पनि गर्नुभयो । अमेरिका–युक्रेन वार्ताअघि सोमवार जेलेन्स्की साउदी तटीय शहर पुग्नुभएको थियो । सोमवार नै अमेरिकी विदेशमन्त्री मार्को रुबियो जेद्दाह पुगेर साउदी युवराजसँग भेट गर्नुभएको थियो ।
सिन्ह्वा