fbpx

साउदी अरेबियामा अलपत्र परेका २४ नेपाली स्वदेश फिर्ता

author

समाचारपाटी

२ years अगाडि

रियाद । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली ४ महिनापछि स्वदेश फिर्ता भएका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली ४ महिनादेखि रियादमा अलपत्र परेका थिए।

साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको रूपमा काम गर्न पुगेका उनीहरूले आवश्यक सेवा सुविधा र सम्झौता अनुसार काम नपाएर अलपत्र परेका थिए। उद्दारको लागि अन्नपूर्णकर्मी, नेपाली दूतावास, लगायत विभिन्न निकायलाई अनुरोध गरेका थिए ।

साउदी जान उनीहरूले प्रतिव्यक्ति १ लाँख पचाँस हजारदेखि २ लाँखसम्म मेनपावर सञ्चालक विष्णु सापकोटालाई बुझाएका थिए । आफूहरु अलपत्र परेको सुचना नेपाली दूतावास रियादमा १४ नोभेम्बर २०२२ का दिन जानकारी दिएका थिए । अलपत्र परेका समाचार अन्नपूर्ण पोस्टले १२ माघ २०७९ मा प्रकाशित गरेको थियो।

दूतावासमका अनुसार पिजन मेनपावरले कामदार माग प्रमाणीकरणमा २ वर्ष भिसा भनी डकुमेन्ट संकलन गरेको थियो। तर, मेनपावरले नेपालबाट भिजिट भिसा जारी गरेको पाइनुको साथै भिसा स्टामिङमा टेम्पोररी भिसा लेखिएता पनि वैदेशिक रोजगार विभागले कामदार भिषा भनी श्रम स्वीकृति दिएको थियो ।

भिजिट भिसा ३ अथवा ६ महिनाको भएता पनि कम्पनीले १ वर्षसम्म वर्किङ भिसा भनी काममा लगाएको थियो। साउदीको नियमअनुसार भिजिट भिसामा साउदी आउने जो कसैको पनि अकामा कार्ड नबन्ने नियम रहेको छ । जसले गर्दा उनीहरु इलिगल समेत भएका थिए ।

स्वदेश फिर्ता हुनेहरुमा चितवनका सुरज जिसी, दाङका प्रमोद चौधरी, पाल्पाका जितबहादुर सार्की, रुपैन्देहीका प्रदीप पोखरेल, लमजुङका मिलन राना मगर, सिन्धुपाल्चोकका सोनाम खोले, राजेश सुवेदी, चितवनका प्रकाश गुरुङ, प्युठानका रुमबहादुर घर्ती मगर, मकवानपुरका शम्भू घिसिङ, गुल्मीका सुरज नेपाली छन्। त्यस्तै, अर्घाखाँचीका सन्दीप श्रेष्ठ, गुल्मीका अर्जुन क्षेत्री, अर्घाखाँचीका राजकुमार श्रेष्ठ, रोल्पाका निरन घर्ती मगर, पाल्पाका शेरबहादुर थापा, बर्दियाका जोगेन्द्र नगरकोटी, दाङका दिनेश चौधरी, सुशिल पुन मगर, झापाका बालकृष्ण रिजाल, रूपन्देहीका बलबहादुर खत्री, कास्कीका राजन दरलामी मगर, पाल्पाका विष्णु नेपाली, पर्वतका रमेश सुनार गरी २४ जना रहेका छन्।

annapurnapost


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक