साउदी अरेबियासँगको शान्ति वार्ताको केही समयपछि नै यमनका हुथी मिलिसियाले शहर कब्जा गरेको ९ औं वर्षगाँठको उपलक्ष्यमा राजधानीमा बिहीवार सैन्य परेड आयोजना गरेको छ ।
परेडमा सशस्त्र सवारी साधन, क्षेप्यास्त्र र वर्दीधारी लडाकुहरुको जुलुस देखाइएको थियो । अरब प्रायद्वीपको सबैभन्दा गरिब राष्ट्रलाई घेरेको विनाशकारी द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले वार्ताको लागि साउदी अरेबियाको राजधानी रियादमा हुथी प्रतिनिधि मण्डलको हालैको भ्रमणपछि यो कार्यक्रम भएको हो । हुथीहरुले आगामी हप्ता र महिनामा लडाई तयारी बढाउने आफ्नो प्रतिवद्धता घोषणा गरे । यमन सन् २०१४ को अन्त्यदेखि गृह युद्धमा फसेको छ । युद्धमा ३ लाख ७७ हजार यमनी मारिएका छन् भने लाखौँ बिस्थापित भएका छन् ।
सिन्ह्वा