fbpx

सराङकोट महायज्ञमा आजसम्म १ करोड १३ लाख संकलन

author

समाचारपाटी

२ हप्ता अगाडि

श्रीभद्र पौडेल, पोखरा। सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्र्तगत पाँचौं दिन आइतबारसम्म कुल १ करोड १३ लाख बढी दान संकलन भएको छ । आइतबार मात्रै २० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।


आइतबार सराङकोट जैसीथोक निवासी उमनाथ चपाई परिवारबाट रु.३ लाख २२ हजार २ सय २२, पोखरा १८ निवासी पूर्णप्रसाद तिमिल्सीनाको परिवारबाट पनि समान रु.३ लाख २२ हजार २ सय २२, पालिखेचोक निवासी विरेन्द्रमान् पालिखे परिवारबाट २ लाख ३३ हजार ३ सय ३३, जन्मदिनको अवसरमा महायज्ञका कोषाध्यक्ष शिव कोइराला परिवारबाट रु.७५ हजार, गोठादीका कर्णबहादुर थापा परिवारबाट रु.५० हजार १ सय एवम् अन्य दाताको समेत गरी रु.२० लाख बढी दान संकलन भएको कोषाध्यक्ष कोइरालाले बताउनुभयो।

महायज्ञ मध्यतिर आइरहदाँ भक्तजनको सहभागिता पनि बढ्दै गएकोे छ ।सुरुमा झरीका कारण केही प्रभावित सो यज्ञमा मौसममा क्रमिक सुधार आएसँगै जनसहभागिता बढ्दै गएको हो ।आजसम्म करिव ६० हजार दर्शकले सहभागिता जनाएको प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो।

अन्नपूर्ण केवलकार मार्फत आजसम्म १२ हजार, निःशुल्क बस सेवा मार्फत २० हजार तथा निजी सवारी साधन प्रयोग गरि त्यतीमा मात्रामा भक्तजन सराङकोट धाम पुगेको उहाँको भनाई छ।समग्र कास्की, यहाँका विभिन्न संघसंस्था, पर्वत तथा तनहुँबाट पनि स्वस्फूर्त रुपमा भक्तजनको सहभागिता बढ्दै गएको उहाँले सुनाउनुभयो।

त्यसका साथै दाताको सहभागिता तथा दान रकम पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ।अझै दाताहरु आउने क्रम जारी छ , हामीले दाताको पहिचान पनि गरेका छौं मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले भन्नुभयो।पक्कै पनि सराङकोट महाउत्सव सफलताउन्मुख छ ।त्यसका साथै सराङकोट पुग्ने विदेशी पर्यटक समेत यज्ञ स्थलमा रमाइरहेको देख्न सकिन्छ।

सराङकोट धामसँगै त्यहाँ जारी यज्ञको हिजो मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो । सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

सराङकोट टपमा सडकका अलवा पोखरा स्थित सेदीबाट अन्नपूर्ण केवलबार मार्फत पनि पुग्न सकिन्छ । यज्ञ अवधिभर प्रतिव्यक्ति रु.२ सयमा केबलकारबाट सराङकोट टप आउजाउ गर्ने व्यवस्था मिलाइएको छ । अन्य समयमा भने दुईतर्फी यात्राका लागि रु.७ सय ५० लिने गरिन्छ ।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२५.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...