fbpx

इमान्दारिताका साथ संविधान संशोधन गर्ने हो भने रास्वपाको साथ रहन्छः सन्तोष परियार

author

समाचारपाटी

४ हप्ता अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कसैले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्नेकुरा स्वीकार्य नहुने बताउनुभएको छ ।


ललितपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान निर्माण गरिरहँदा प्रत्येक १० वर्षमा यसको पुनरावलोकन गर्ने विषय समेटिएको तर संविधान नै पूर्ण कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले इमान्दारिताका साथ संविधान संशोधन गर्न खोजेको भए रास्वपाको साथ रहने बताउनु भयो । उहाँले राजनीतिक संस्कार स्थायी हुन जरुरी रहेको बताउनु भयो । उहाँले दुई तिहाई बहुमत ल्याउन निर्वाचनले कुनैपनि राजनीतिक दललाई नरोेकेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले संविधान निर्माण गरिरहँदा प्रत्येक १० वर्षमा यसको पुनरावलोकन गर्ने भन्ने थियो । पहिलो कुरा त हामीले संविधानको कार्यान्वयन नै गरेनौँ । देशमा यत्रा ठूला संघर्ष भएका थिए, ति कुराहरुमा हामीले कार्यान्वयनका लागि कानून नै बनाएनौँ । यो संविधान अहिले ९ वर्षमा चलिरहेको छ । मलाई विश्वास त छैन, सात बुँदामध्ये २ नम्बर बुँदामा संविधान संशोधन राखेर नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन बन्यो । इमान्दारिताका साथ गर्न खोजेको हो भने हामीले त्यसलाई स्वीकार गरेका छौँ । संविधानअनुसार काम गर्न कहाँ कहाँ अफ्ठ्यारो थियो, स्थायित्वको कुरा गर्ने हो भने २०१५,२०४८,२०५६ साल, २०७४ सालसम्म  बहुमतको सरकार थियो । ति टिकेकनन् । कुनैपनि टिकेनन् । बरु नभएका सरकारहरु टिकेका छन् । कतिमा त संसद नै पनि खाइदिए । हाम्रो प्रवृत्ति स्थायी छैन । राजनीतिक संस्कार स्थायित्व छैन, कोही पार्टीहरुलाई चाहियो भनेर स्थायित्व जबरजस्ती हुँदैन । दुई तिहाई बहुमत पनि आउनसक्छ । तदनुरुपको विचार हुनुपर्छ । राजनीतिक मुद्दा हुनुपर्छ । निर्वाचन प्रणालीले बहुमत र अल्पमतमा लैजाने भन्ने होइन । मुख्य कुरा विचार हो । जनताका मुद्दा हुन् । कुनै पार्टीलाई आजको संविधानले बहुमत ल्याउन कतै रोकेको छैन । संविधान संशोधन गर्नुपर्छ तर पार्टीको प्रवृत्ति, चरित्र र व्यक्तिको प्रवृत्ति, चरित्र बदल्नुपर्छ । व्यक्तिको पनि संविधानतः चरित्र हुनुपर्छ, समावेशी हुनुपर्छ । संविधानले परिकल्पना गरेको कुरा केही पनि नगर्ने अनि आफूले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्नुपर्ने ? सबैभन्दा खतरनाक कुरा यो हो ।’


प्रमुख सचेतक परियारले संविधान संशोधन गर्नुपर्ने तर त्यस भन्दा पहिला व्यक्ति र राजनीतिक दलको प्रवृत्ति र चरित्र बदल्नुपर्ने जरुरी रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन