fbpx

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यकः बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ

author

समाचारपाटी

१ महिना अगाडि

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । उहाँलेले लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने उल्लेख गर्नुभयो । उहाँले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्ने बताउनु भयो । उहाँले लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी रहेको बताउनु भयो । उहाँले बोर्डसँगै पुँजीबजारसँग सरोकार राख्ने सबैले प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुँजीबजारको दायरा बढाउँदै लैजानुपर्ने बताउनु भयो । उहाँले अहिले सिमित रुपमा मात्रै भएर बसेको भन्दै पुँजीबजारको दायरा बढाउन स्टक ब्रोकर्सहरुको भुमिका पनि बढाउँदै लैजान आग्रह गर्नुभयो । उहाँले मार्केट स्टुमेण्टहरु ल्याउन आवश्यक रहेको भन्दै त्यसको लागि बोर्ड काम गर्न तयार रहेको बताउनु भयो ।              

               
उहाँले भन्नुभयो,‘पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक हुन्छ । बोर्डले लगानीकर्ताको सुरक्षाको लागि लगानीकर्ताको मनोवल उच्च हुन आवश्यक छ । लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्नुहुन्छ । लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी हो । तर पनि पुँजीबजारसँग सरोकार राख्ने सबैले प्राथमिकतामा राखेर काम गर्नुपर्छ । पुँजीबजारको दायरा बढाउँदै लैजानुपर्छ । अहिले सिमित रुपमा मात्रै भएर बसेको छ । स्टक ब्रोकर्सहरुको भुमिका पनि बढाउँदै लैजानुपर्छ । मार्केट स्टुमेण्टहरु ल्याउन आवश्यक छ । त्यसको लागि बोर्ड काम गर्न तयार छ । ठूला र रियल क्षेत्रका उद्योगहरुलाई लागत घटाउन मद्दत गर्छ ।’ 


स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजीबजारलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको पुँजीबजारलाई विकास गर्नको निम्ती ब्रोकर व्यवसायीहरुले दिइएका सुझावलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बोर्डले नयाँ अध्यक्ष पाएको भन्दै अध्यक्षले लगानी कर्ताहरुको हितमा काम गर्ने अपेक्षा रहेको पनि बताउनु भयो । 


उहाँले पुजीबजारको विकासको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले पुँजीबजारमा आम नागरिकमा रहेको विश्वासलाई गुम्न दिन नहुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन