fbpx

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार भो पिरिम लाउन‘

author

समाचारपाटी

१ हप्ता अगाडि

कर्णप्रिय स्वरका धनि सन्तोष खत्रिले आफ्नै रचना, संगीत र एलिना चौहानसंगै युवा पुस्तामा उर्लिने वैंश, त्यो बेलामा हुने मायाको जोश र फकाउने युवावस्थाकै तरिकालाई पछ्याएका छन् ।

नेपाली सुगम संगीतका लागि सर्वश्रेष्ठ तथा लोकप्रिय बनेका गीतहरु कहिं न कहिं लोक र लोकवासीको माया र प्रेमसंग जोडिएकै हुन्छन् । लोकको लयलाई दुरुस्तै संगीतको साजसज्जासहित स्वरांकित स्वर भरिएका गीतका आकारहरु अडियो, भिडियो आउँदा दंग नपर्ने र वाह १ कति राम्रो भन्ने र छमछमि नाच्नेहरुको कमि हुँदैन ।

यही परिवेशको एउटा गीत सार्वजनिक भएको छ । जो माथि व्यक्त गरिएको भावसंगै मेल खाने हालको भएकैले होला सबैको गुनगुनाउने, नाच्ने नचाउने र प्यारो बनेको छ । ‘हतार भो पिरिम लाउन‘।‘ मायाबिनाको संसार कल्पना बाहिरको कुरा हो । तर यसमा भद्रता, सत्यता, ढाँटछल नभएको अवश्य हुनुपर्छ । अनि यो नै सर्वश्रेष्ठ ठहरिन्छ ।

गीत, संगीत यस्तो चिज हो जस्ले चराचर जगतका सबैलाई छुन्छ । के बच्चा, के युवा र के प्रौढ सबैलाई यस्ले प्रफुल्ल बनाउछ अनि विश्वभरकै धन सम्पतीभन्दा धेरै माथि हुन्छ, जस्तो मूल्य हुँदैन । यस्को कुनैसंग साटफेर र तुलना गर्न सकिदैन । आखिर यो मायाले गर्दा नै हो । यसको जति बखान गरेपनि सकिन्न ।

गीतलाई सन्तोष खत्रिले लेखेका हुन् भने संगीत पनि उनैको छ । स्वरमा स्वयं सन्तोष र एलिना चौहानको रहेको छ । गीतमा संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ । यसलाई मिक्सिङ तथा माष्टरिङ पुष्कर सुनुवारले गरेका हुन् । मेलोडी नेपालमा रेकर्ड गरिएको यो गीतलाई डिजे मेवाहाङले रेकर्ड गरेका हुन् ।

सार्वजनिक गरिएको गीतको भिडियोमा सन्तोष खत्रि र एलिना चौहानको अभिनय रहेको छ । क्यामरामा नविन सुनुवार (मोहन) रहेका छन् । यसको सम्पादन नविन सुनुवारले गरेका हुन् । पव्लिसिटि डिजाईनमा गोविन्द विष्ट रहेका छन् । गीतको निर्माण पक्षले नेपाली गीत, संगीतलाई माया गर्न र यसको प्रवर्धनमा सघाउन आग्रह गरेको छ ।

https://www.youtube.com/watch?v=qURfwikK46c

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, चैत्र २, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन