नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनी नाम र डिजाइन तत्काल हटाउनूस्

author

समाचारपाटी

३ हप्ता अगाडि

महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरुले समस्या झेल्नुपरेको बताउनुभएको छ । 


नाम, रङ्ग र डिजाइनसमेत नक्कलगरी एउटै रुटमा सञ्चालन गरिएको विषयमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही नभएको अध्यक्ष खतिवडाले बताउनुभएको हो । उहाँले विद्यामान नियम, कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको शुरुवाती दिनदेखि नै नक्कली महानगर यातायात सोही रुटमा सञ्चालन हुनु र नियमनकारी निकायले ध्यान नदिने दुःखको विषय भएको स्पष्ट पार्नुभयो । सडक दुर्घटना, सामान छुट्ने लगायतका घटनामा पीडित यात्रुले न्याय पाउन नसकिरहेको अवस्थासँगै महानगर यातायातले पनि अनावश्यक झण्झट व्यहोर्नु परेको उहाँले दाबी गर्नुभयो । अध्यक्ष खतिवडाले लाखौं यात्रुको सेवा र सुरक्षासँग जोडिएको विषय भएकाले अब उपरान्त महानगरको नाम र डिजाइन सवारी साधनबाट नहटाएमा क्षतिपूर्तिको मागसहित कानूनी कारबाही गर्नसमेत पछि नपर्ने चेतावनी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘महानगर यातायातकै नाम, रङ्ग र डिजाइनसमेत नक्कल गरी सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरि एकै रुटमा चलिरहँदा हामी सञ्चालकमात्र नभएर यात्रुहरुले समेत समस्या झेलिरहेका छन् । यसबारे पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही भएको छैन । नियमानुसार सम्बन्धित निकायमा दर्ता गराई आवश्यक प्रक्रिया पु¥याएर गरिएको व्यवसायमा सोही काम र नामको अर्को कम्पनी सञ्चालन गर्ने अनुमति सम्बन्धित निकायले दिँदैन । तर, विद्यमान नियम कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको शुरुवाती दिनबाटै निर्वाध नक्कली महानगर यातायात सोही रुटमा सञ्चालन भइरहेका छन् । महानगर यातायातप्रति यात्रुहरुको अपार माया र विश्वा छ, त्यसैले यात्रुहरु कुरेरै भएपनि राता बस चढ्ने गर्छन् तर उही रंग र नामका बसले उनीहरुलाई झुक्याउने गरेको र यात्रुहरुले बसमा छुटाएका महत्वपूर्ण कागजात, झोलालगायत सामान महानगर यातायातको सम्पर्कमा आउँदा यात्रुले यात्रा गरेको बस नक्कली महानगर भएको जानकारी हुने र सामानसमेत फेला नपर्ने अवस्था दिनदिनै बढ्दो छ । अर्को कुरा नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरु प्रहरी र यातायातको कार्यालयसम्म पनि आइपुग्छन् । कतिपय अवस्थामा अनुसन्धानपछि यथार्थ पत्ता लाग्ने गरेपनि अधिकांश केसमा दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन नसकिरहेको अवस्था छ भने महानगर यातायातले अनावश्यक झण्झट व्यहोर्नुपरिरहेको छ । यसो हुँदा कैयौं पटक केही बसहरुको नियमित सेवा समेत रोकिने र यात्रुले पाएको दुःखसँगै कम्पनीलाई हुने आर्थिक नोक्सानीको कुनै लेखाजोखा नै नहुने अवस्था छ । राजधानी काठमाडौैंमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको र निकट भविष्यमै पब्लिक लिमिटेड कम्पनीको रुपमा आम जनतामाझ आफ्नो आइपीओ जारी गर्ने तयारी गरिरहेको महानगर यातायातले झेल्नुपरिरहेको समस्या हामीहरुमात्रैको नभई लाखौं यात्रुको सेवा र सुरक्षासँग जोडिएको विषय हो । हालसम्म त्यस्ता नक्कली महानगर यातायात तथा मिल्दोजुल्दो  नाम हुबहु रंग र डिजाइन राखी सवारी साधन सञ्चालन गर्ने व्यवसायीहरुप्रति नरम रुपमा प्रश्तुत हुँदै आएको भएपनि अब उप्रान्त यस कम्पनीको नाम र रंगको डिजाइन आफ्ना सवारी साधनबाट नहटाइएमा क्षतिपूर्तिको मागसहित जस्तोसुकै कानुनी कारबाही गर्न पनि नपर्नेसमेत जानकारी गराउन चाहन्छु ।’ 


उहाँले राजधानीमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको महानगर यातायातले निकट भविष्यमै आइपीओ जारी गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.२८°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ