काठमाडौं । बुटवलबाट पक्राउ परेका नेकपा एमालेका सचिवसमेत रहेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई अदालतमा पेस गरिने भएको छ ।
रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना समातिएका छन् ।
पूर्व गृह सचिवसमेत रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेले हिजो मात्र आत्मसमर्पण गरेका थिए ।