fbpx

सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन खुल्यो

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सले ३२ साउन बिहीबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओमा आवेदन खुलाएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी तीन अर्ब २० करोड रुपैयाँको बराबरको तीन करोड २० लाख कित्ताको ३० प्रतिशतले हुन आउने ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियमसहित कम्पनीले प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो ।

इन्स्योरेन्सले सोमध्ये ९ लाँख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै कम्पनीले चार लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र चार लाख ८० हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा सेयर निष्कासन खुला गरेको छ । यस्तै कर्मचारीको लागि भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा नै सेयर जारी गरेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले ४ भदौसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग अनुसार आवेदन नपरेमा आवदन दिने म्याद १४ भदौसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औसत स्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ ।

आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

onlinekhabar


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन