fbpx

सामसुङको नयाँ फिचर:-विभिन्न वाक्यहरुलाई आफ्नो आवाजमा रेकर्ड गरेर राख्न सक्नुहुन्छ

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईले के मात्र गरिरहेको छैन । कसैको तस्वीर बनाउन होस्, कसैका लागि कुरा गर्न होस् । यी सबै काम फरक फरक खालका आर्टिफिसियल इन्टेलिजेन्स बटहरुले गरिरहेका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्सलाई सर्च इन्जिनमा जोडिएको छ । त्यसैले यस्तो परिप्रेक्ष्यमा स्मार्टफोन निर्माता कम्पनीहरु पनि अब पछि रहन चाहँदैनन् ।

सामसुङले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एक नयाँ फिचरको घोषणा गरेको छ जुन निकै रोचक छ । कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सलाई एक कदम माथि उठाउँदै नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको सहयोगले तपाईँ आफ्नो आवाजको हुवहु नक्कल तयार गर्न सक्नुहुन्छ । यो फिचरले केवल तपाईंको आवाजको नक्कल मात्र तयार गर्नेछैन फोनमा तपाईँको आवाजमा कुराकानी पनि गर्नेछ ।

आर्टिफिसियल इन्टेलिजेन्सको यो प्रयोगले फोनलाई अझै धेरै उपयोगी बनाउन सक्दछ । हुनत सामसुङको यो फिचर सबै प्रयोगकर्ता तथा क्षेत्रका लागि अझै लञ्च गरिएको छैन । तत्कालका लागि केवल दक्षिण कोरियामा मात्रै यो फिचर उपलब्ध छ ।

दक्षिण कोरियामा सामसुङले आफ्नो भ्वाइस असिस्टेन्ट Bixby  सँग यो फिचर जोडेको छ । Bixby मा प्रयोगकर्ताले टेक्स्ट कलको फिचर हुन्छ । यो फिचरको मद्दतले फोनले कुनै कलको जवाफ एक टेक्स्ट मेसेज पढेर दिनेछ । अर्थात् कुनैबेला जब तपाईँ कसैसँग फोनमा कुरा गर्न पाउनुभएन भने एउटा मेसेज टाइप गरिदिनुस् । Bixby ले तपाईँको त्यो मेसेज पढेर तपाईँकै आवाजमा सम्बन्धित फोनकर्तालाई बताइदिन्छ ।

अब प्रयोगकर्ताले यसमा झनै उत्कृष्ट सुविधा प्राप्त गर्नेछन् किनकी कम्पनीले यसमा आर्टिफिसियल इन्टेलिजेन्स जोडेको छ ।

गुगलको हालैको एक घोषणासँगै सामसुङले पनि नयाँ फिचर लञ्च गरेको हो । गुगलले आफ्नो भ्वाइस असिस्टेन्ट अर्थात् न्ययनभि ब्ककष्कतबलत लाई फोन कलिङका केही हिस्सालाई अटोम्याटिक गर्नका लागि प्रयोग गर्न गैरहेको जनाएको छ ।

यो फिचरलाई च्याट जिपिटीको बढ्दो लोकप्रियतासँग पनि जोडेर हेर्ने गरिएको छ । सामसुङको नयाँ फिचर कुनै आर्टिफिसियल इन्टेलिजेन्स क्लोन होइन र यसले तपाइँको आवाजमा मानिसहरुसँग आफै कुराकानी गर्नेछैन । यसले प्रयोगकर्ताको निर्देशनमा मात्रै काम गर्नेछ ।

सामसुङको यो नयाँ फिचरले कसरी काम गर्दछ ?

सामसुङको Bixby Custom Voice Creator को माध्यमबाट तपाईँ विभिन्न वाक्यहरुलाई आफ्नो आवाजमा रेकर्ड गरेर राख्न सक्नुहुन्छ । ती वाक्यको प्रयोग तपाईँ कुनै फोन कलको जवाफमा गर्न सक्नुहुन्छ ।

सामसुङले यो फिचरलाई Bixby Text Call  को रुपमा पेश गर्दैछ । उसका अनुसार यो फिचर आगामी दिनमा सामसुङका अन्य एपहरुमा पनि उपलब्ध गराइनेछ ।

– एजेन्सी


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

३१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन