fbpx

समाज कल्याण परिषद्ले थाल्यो असुली प्रक्रिया

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं ।  समाज कल्याण परिषद्ले परिषद्को भवन, जमिन प्रयोग गरी भाडा नतिर्ने व्यवसायीमाथि रकम असुलीको प्रक्रिया अघि बढाएको छ । 


परिषद्को आर्थिक प्रशासन नियमावली २०५० को नियम ६२ ( ४ )मा परिषद्ले आफ्नो स्वामित्वमा रहेका एवं भोगाधिकार प्राप्त गरेका भवन, जमिन र उपकरण निर्धारित प्रक्रिया अपनाई भाडामा दिनसक्ने व्यवस्था अनुसार भृकुटीमण्डप सञ्चालन कार्यालयबाट उपलब्ध गराएको जमिन, भवन प्रयोग गरी निर्धारित भाडा नतिरेका व्यवसायी उपर असुली प्रक्रिया अघि बढाइएको परिषद्ले जनाएको छ । महालेखा परीक्षकको कार्यालयले २०७९ असार मसान्तसम्म असुल उपर गर्नुपर्ने भनि वक्यौतामा राखेका व्यवसायीमाथि परिषद्ले असुली प्रक्रिया अघि बढाएको हो । महालेखाले ५१ जना व्यवसायीको नाममा रहेको वक्यौता ५ करोड ८२ लाख ६४ हजार ७ सय ८६ रुपैयाँ सम्झौता बमोजिम रक असुल गर्न परिषद्लाई भनेको थियो । महालेखा परीक्षकको कार्यालयले सम्झौता भंग गरी असुली प्रक्रियामा जानु भनेर स्पष्ट निर्देशन दिएकाले असुली प्रक्रिया अघि बढाइएको परिषद्का भृकुटीमण्डप सञ्चालन कार्यालयका आर्थिक प्रशासन प्रमुख दुर्गा भट्राईले जानकारी दिनुभयो । 


उहाँले भन्नुभयो ‘वक्यौता सुसासन भित्रको चुनौति हो । ४९ साल देखिको वक्यौता अहिलेसम्म निरन्तर छ । हामीले यो वक्यौतालाई चरणवद्ध ढंगले समाधान गर्ने दिशामा उन्मुख छौँ । ५ करोड ८२ लाख ६४ हजार ७ सय ६६ रुपैयाँको वक्यौता गत वर्ष महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । महालेखाले सम्झौता भंग गरेर असुली प्रक्रियामा जानु भनेर स्पष्ट निर्देशन दिएकाले हामीले त्यसै अनुसार प्रक्रिया अघि बढाएका छौ । यहाँ दुई प्रकारका व्यवसायी छन् । पसल÷कार्यालय राखेर भाडा नतिर्ने र पसल-कार्यालय नै छाडेर जानेहरु । पसल-कार्यालय नै छोडेर जानेहरुको संख्या ३६ छ भने पसल-कार्यालय राखेर अहिले पनि भाडामा बसिरहेका तर भाडा नतिर्नेहरुको संख्या १५ छ । दुवैलाई असुली प्रक्रियामा लैजाने भनेर अघि बढेका छौ । २ महिना भित्रमा असुली प्रक्रियाको नतिजा निस्कन्छ । ’

परिषद्ले गणेशमान सिंह अध्ययन प्रतिष्ठान, रिपोर्टर्स क्लव नेपाल , बालबालिकाको निम्ति गैरसरकारी महासंघ, राष्ट्रिय अपांङ्ग महासंघ, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, नेपाल राष्ट्रिय अपाङ्ग मानव अधिकार संरक्षण मञ्च, नेपाल  अपाङ्ग समाज बहुउद्देश्यीय संस्था लि., नेपाल ह्विलचियर क्लव, नेपाल फोटो पत्रकार महासंघ, काठमाण्डौ उपत्यका सार्वजनिक पुस्तकालय, नेपाल पत्रकार महासंघ, काठमाडांै शाखा, लोकतान्त्रिक सहिद तथा घाईते समाज, उपभोक्ता मञ्च नेपाल, नेपाल अपाङ्ग समाज बहुउद्देश्यीय संस्था लिमिटेड, यशोदा कुमारी सेठ्ठी  लगायत ५१ जना उपर असुली प्रक्रिया शुरु गरेको हो । त्यसैगरी सिजनल कार्यक्रम गरेर भाडा नतिरेका राईज ग्लोवल, नेपाल विद्यार्थी संघ र स्थानीय विकास मन्त्रालयले पनि परिषद्लाई भाडा तिरेका छैनन् । महालेखा परीक्षकको प्रतिवेदनमा २०७९ असार मसान्त सम्ममा ५ करोड ८२ लाख ६४ हजार ७ सय ६६ रुपैयाँ वक्यौता रहेको भन्दै  ५१ जनाकै नाम उल्लेख गरी असुली प्रक्रिया अघि बढाउन भनिएको छ ।


यसैबीच, परिषद्ले २०८० असार मसान्तसम्मको ४ वटा भेन्डरको बहाल कर बराबर १ करोड ३३ लाख रुपैयाँ काठमाडौं महानगरपालिकालाई बुझाएको छ । बहाल करको विषयलाई लिएर परिषद् र महानगरबीच विवाद चर्किएको थियो ।  २०४९ सालमा टुंँडीखुलबाट भृकुटीमण्डप सारिएका १४ सय व्यापारीको बहालकरको सवालमा भने त्रिपक्षीय छलफल गरी टुंगो लगाउने प्रयास भइरहेको आर्थिक प्रशासन प्रमुख भट्राईले जानकारी दिनुभयो । 


उहाँले भन्नुभयो “हामीले महानगरलाई बहालकर कर तिर्नुपर्ने हो । विभिन्न कारणले तिरिएको रहेनछ । हामीले यो विषयमा २०८० असार मसान्तसम्मको ४ वटा भेन्डरको बहाल कर बराबर १ करोड ३३ लाख कर बुझाएका छौ । बाँकी करको सम्बन्धमा निरन्तर वडा कार्यालयसँग बसेर छलफल गरिरहेका छौँ । बाँकी कर अलि जटिल प्रकारको छ । २०४९ सालमा टुंँडीखुलबाट १४ सय व्यापारी ३ महिनाका लागि व्यवस्थापन गर्न भनेर यहाँ (भृकुटीमण्डप) ल्याएर राखिदिनुभयो । उहाँहरु डोका÷पोकामा व्यापार गर्नुहुन्थ्यो खुल्लाबजारमा । त्यही डोका-पोका बोकेर यहाँ आउनु भयो । खुला आकासमा बस्नुभयो । अहिले प्लाष्टिकको छानो लिएर बस्नुभएको छ । उहाँहरु एक प्रकारको सडक व्यापारी जस्तो हो । ३ महिना भनियो । अहिले ३१ बर्ष भएको छ । तिनको समधान भएको छैन । त्यहाँ निम्न व्यापारीहरुको संगठन छ । सगठनसँग हामीले कुरा गर्यौ । कुरा गर्दा उहाँहरु महानगरलाई कर तिर्न तयार हुनुहुन्छ । त्रिपक्षीय वार्ता गरेर हामी निकट भविष्यमा नै १४ सय व्यापारीबाट पनि महानगरलाई वहाल कर तिर्ने वातावरण मिलाउँछौ । वक्यौतावालाहरुले भाडा नै नतिरेकाले उनीहरुको वहाल कर तिर्ने कुरै भएन । उनीहरुसँग असुली भएपछि तिर्छौं ।”

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले वहाल कर स्थानीय सरकारलाई तिर्नु भनेकाले नियम अनुसार समाजकल्याण परिषद्ले भाडा बापत उठाएको रकमको १० प्रतिशत बहाल कर बापत महानगरपालिकाकालाई तिर्नुपर्छ ।  हाल ८६ वटा स्टल र १४ सय व्यवयासीले बहाल कर तिरेका छैनन् । यसमा महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएका व्यवसायी समावेश छैनन् । २०७३ /७४ सालबाट स्थानीय सरकार सञ्चालनमा आएकाले सोही मितिदेखि बहालकर तिराउने  गरी परिषद्ले तयारी गरेको छ ।
यसैबीच परिषद्ले ३ वर्ष यता आफ्नो आम्दानीमा दोब्बर वृद्धि गरेकोे छ । स्वच्छ प्रतिष्पर्धाको आधारमा ठेक्का लगाउने, समय अनुसार भाडा समायोजन, इ–टेण्डर तथा असुलीलाई प्राथमिकता दिएका कारण आम्दानी बढेको आर्थिक प्रशासन प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘भाडा उठाउने विषयमा कडाई गर्ने,भाडा नतिर्नेलाई कानूनी दायरामा लैजाने तथा न्युनतम दर रेटलाई समय सापेक्ष बनाएर भाडा समायोजन गरेका छौ । यी सबै कारणले हामीले तीन वर्ष भित्र दोब्बर आम्दानी वृद्धि गर्न सक्षम भएका छौ ’

आर्थिक वर्ष ७७ /७८ मा १० करोड ५६ लाख , ७८/ ७९ मा १५ करोड आम्दानी गरेको परिषद्ले आर्थिक वर्ष ७९/ ८० मा २० करोड बढी आम्दानी गरेको छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन