fbpx

मिथिलामा समाचकेवाको रौनक सुरु

author

समाचारपाटी

११ महिना अगाडि

महोत्तरी । छठ पर्वको तेस्रो दिन ब्रतालुहरू उपवास रहँदै खरना मनाउने तयारी गरिरहेका बेला मिथिलामा भने समाचकेवाको रौनक सुरु भएको छ। शनिबारदेखि घरघरमा साँझको समयमा लोकगाथामा आधारित सांगीतिक पर्व समाचकेवा मनाउने गरिन्छ। छठ पर्व र समाचकेवाको रौनकले मिथिलालाई व्यस्त बनाएको छ।

एक महिना अघिदेखि घरघरमा छठ पर्वको गीत गुन्जिरहेको समयमा आजदेखि समाचेकवाको गीत पनि गुन्जिँदैछ। यसले सिंगो मिथिला क्षेत्रलाई सांगीतिक वातावरणमा परिणत गरिदिएको छ। दिदीभाइबीचको प्रेमको प्रतीक मानिएको समाचकेवा पूर्णतया गीत संगीतमा आधारित पर्व हो। यो रातिको समयमा सामूहिक रुपमा गीत गाएर मनाइने गरिन्छ। दिदीबहिनीले गीतकै माध्यमले दाजुभाइको चिरायुको कामना गर्दछन् भने चुगुला भनिने खलपात्रलाई व्यंग्यात्मक रुपमा गाली गर्ने गर्दछ।

मिथिला क्षेत्रमा मनाइने पर्वहरू गीत संगीतमा आधारित भए पनि छठपर्व र समाचकेवा पर्वमा लोक गीतसंगीतहरू घरघरमा गुन्जिँदै आएको गौशाला–१२ का युवा दीपलाल महतोले बताउनुभयाे। ‘अहिले मैथिली, भोजपुरी, हिन्दी र नेपालीलगायतका भाषामा तयार पारिएको यस्ता गीत संगीतले मिथिला क्षेत्रलाई नै संगीतमय बनाएको छ’, महतोले भन्नुभयाे। अहिले हरेक घर, टोल, गाउँ, चोक, हाटबजार र सहरका गल्लीगल्लीमा यस्ता गीतसंगीत गुञ्जिँदा माहोल नै संगीतमय बन्न पुगेको छ।

आधुनिकीकरणका नाममा संस्कृतिलाई बिर्सन नहुने महोत्तरी युवा सञ्जालका अध्यक्ष चुडामणि यादवले बताउनुभयाे। अहिले गाउँघरमा डीजेको बिगबिगी बढिरहेको समयमा पनि यहाँका घरघरमा यस्ता गीतहरू गुञ्जिँनु आफैमा सुखद् रहेको अध्यक्ष यादव बताउँनुहुन्छ।

यहाँ मनाइने पर्वहरूको गीत सहज रुपमा पाउनु नै आफैमा गौरवको विषय भएको पीछडा वर्ग धनुषाका अध्यक्ष श्रवण महतोले बताउनुभयाे। पुरानो संस्कतिलाई जगेर्ना गर्न यस्ता गीतसंगीतले अहंम भूमिका निर्वाह गर्दै आएकाले यस्ता संस्कृतिलाई नवपुस्तालाई हस्तान्तरण गरिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयाे।

गौशाला बहुमुखी क्याम्पसका प्रमुख दुर्गाप्रसाद सिंहले यस्ता अभियानलाई जनजनमा पुर्‍याए मात्र मैथिली साहित्य र कलाको अभियान सफल हुने बताउनुभयाे। गीतसंगीत निर्माणका क्रममा स्थानीय कलाकारहरू होडवाजी गर्दा कतै न कतै भाषाको शब्द छनोटमा ध्यान नदिएको हाँस्य कलाकार तथा मगही भाषाका अभियन्ता फुलगेन महतोले औल्याउनुभयाे।

annapurnapost


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने