जान्नुहाेस् नरिवल पानी सेवनबाट हुने फाइदाकाे बारेमा

author

समाचारपाटी

२ years अगाडि

नरिवल पानी जैबिक रुपमा स्वस्थ र सफा पेय पर्दाथ हो। हामीले दैनिक खाने नरिवल फलफूल परिवार अन्तर्गत पर्ने महत्वर्पूण फल हो। पोषयुक्त यस फल स्वास्थ्यको पर्याबाची नै बनेको छ। यो शत प्रतिशत स्वस्थ र संक्रमणमुक्त हुन्छ। यसमा ९४ प्रतिशत पानी हुनुका साथै क्यालोरीको मात्रा पनि न्यून हुन्छ। शून्य कोलेस्ट्रोल यो पानी अतयन्तै स्वस्थ र भिटामिनहरुले भरिपूर्ण पेय पर्दाथ हो। यसमा भिटामिन बी र एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ। त्यस्तै, पोटासियम र म्याग्नेसियमयुक्त नरिवल पानीको फाइदा हामीहरुले सोचेभन्दा बढी फाइदा छ।

मुटुका लागि उत्तम मानिने नरिवल र यसको पानी केवल तिर्खा मेट्ने माध्यम मात्र होइन्। एक अध्ययन अनुसार नरिवल पानीले ह्दय घातको खतरलाई न्यून गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ। नरिवलमा हुने उच्च मात्राको पोटासियमले शरीरमा अनाबश्यक तरल पर्दाथलाई फाल्न सहयोग पुयाउनुका साथै हाइपरटेन्सनको खतरालाई घटाउछ। नियमित एक गिलास नरिवल पानी खाँदा मुटु रोग र ह्दयघातको खतरा न्यून हुन्छ।

किड्नी स्टोनको खतरा घटाउँछ
नियमित नरिवल पानी पिउदा किड्नी स्टोनको खतराबाट बचाउँछ। यसमा हुने पोटासियम र म्याग्नेसियमले पिसाबको प्रबाहलाई बृद्धि गरी शरीरमा अत्यधिक पानी हुने समस्याबाट बचाउछ। यदि तपाईंंलाई किड्नीको स्टोन छ भने पनि पिसाबको प्रबाहलाई तीब्र पारेर यस रोगबाट मुक्ति मिल्न समेत सहयोग मिल्छ।

पखलाको उपचार
तपाईंलाई पखला लागेको छ ? यदि हो भने नरिवल पानी अचूक औषधी हो। नरिवल पानीले तपाईंको शरीरबाट खेरा गइरहेको पानीको मात्रलाई पूर्ती मात्र गर्दैन इलेक्ट्रोलाईट र खनिज पनि प्रदान गर्छ। शरीरभित्र भएका अनवाश्यक हानीकारक विषहरुलाई यसले बाहिर फालिदिन्छ। नरिवल पानी प्राकृतिक रुपमा नै सबल हुन्छ। हाम्रो शरीरमा आवश्यक पर्ने  इलेक्ट्रोलाईट तह नरिवललमा पाइन्छ।

गर्मीमा शरीरलाई शितलता दिन्छ
गर्मीमा हुने तिक्षण तापक्रम र त्यसपछि पसिनाले शरीर सजिलै सुख्खा हुन्छ। गर्मी  भइरहेको बेला शरीरलाई आनन्द दिनका लागि नरिवल पानी भन्दा अर्को कुनै हुन सकदैन्। काबोहाइड र सुगरको मात्रा न्यून तथा पर्याप्त इलेक्ट्रोलाइट्सयुक्त यो निकै ताजा पेय पर्दाथ हो।

व्यायायमपछि पिउँदा फूर्तीलो र तन्दुरुस्ती बढाउँछ
ठूलो शारीरिक बल प्रयोग गर्ने काम गर्दा र व्यायायमको क्रममा डिहाइड्रेडको सम्भावना हुन्छ। यस्तो अवस्थामा नरिवल पानी महत्वपूर्ण पेय पर्दाथ हुन सक्छ। व्यायापपछिको डिहाइड्रेसनबाट बच्नका लागि पनि यसको महत्व छ। यसमा क्यालोरिको मात्रा न्युन तथा पोटासको मात्रा उच्च भएकोले शरीरबाट खेरा गइरहेको झोललाई पूर्ती गर्नका लागि पनि यसको महत्व छ।

छालामा चमकपन बढाउँछ, निखारता ल्याउँछ
भद्दा छालालाई चमक बनाउने इच्छा कसको हुँदैन र ? निश्चय नै ताजा नरिवल पानीको सेबनले छाला नरम बनाउनुको साथै धपक्क चमक ल्याइदिन्छ। त्यस्तै हात र अनुहारमा दिनको दुई पटक यसको प्रयोग गर्दा अत्यधिक फाइदा भएको पुष्टि भइसकेको छ। नरिवल पानीमा हुने काइटोकिनिस नाम गरेको तत्वले हाम्रो शरीरको कोषलाई सशक्त बनाउनुका साथै चाउरी र बृद्ध हुनबाट बचाउँछ।

गर्भवतीसँग सम्बन्धित समस्याबाट मुक्ति
नरिवल पानी स्वभाविक रुपमा स्वस्थ र संक्रमणरहित हुनाले गर्भावस्थामा यसलाई पिउदा सुरक्षित मानिन्छ। गर्भाधारणका क्रममा हुने वाकवाकी, अम्लियपन, र मुटु तथा घाँटी पोल्ने समस्याबाट पनि मुक्ति मिल्छ। त्यस्तै  गर्भवतीले नियमित नरिवल र यसको पानी खाँदा पेटभित्रको शिशु निकै स्वस्थ हुने चिकित्सकहरुले बताउने गरेका छन्। 

एजेन्सी


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...