जान्नुहाेस् धेरैले रुचाउने मध्येकाे एक फलफूल मेवाको बियाँका फाइदाकाे बारेमा

author

समाचारपाटी

२ years अगाडि

धेरैले रुचाउने फलफूलमध्ये एक हो मेवा। यो खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्रायस् मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। त्यही मेवाको बियाँको फाइदाबारे चर्चा गरौँ।

१. एन्टिअक्सिडेन्टको स्रोत
मेवाको बियाँमा पोलिफेनोल, फ्लेभोनोइड्स, एल्कालोइड्स, ट्यानिन्स र सेपोनिन्स जस्ता एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। एन्टिअक्सिडेन्टले हामीलाई विभिन्न रोगहरूबाट बचाउँछ।

२. पेट स्वस्थ बनाउँछ
मेवाको दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ। तिनीहरूले आन्द्राको चाललाई नियमित गर्दछ र शरीरबाट विषाक्त पदार्थहरू हटाउँछ। जसो कारण पेट सफा हुन्छ र कब्जियत पनि हुँदैन। यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ।

३. तौल घटाउन मद्दत गर्दछ
मेवा दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ। तिनीहरूले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छन्। जसकारण हाम्रो शरीरबाट विषाक्त पदार्थहरू हट्छन्। तिनीहरूले हाम्रो मेटाबलिज्मलाई नियमित गर्न र मोटोपना रोक्न मद्दत गर्छ।

४. कोलेस्ट्रोलको स्तर घटाउँछ
मेवाको बीउमा ओलिक एसिड प्रशस्त हुन्छ। यी फ्याटी एसिडहरूले खराब कोलेस्ट्रोल घटाएर कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गर्छ। मेवाको दानामा पनि प्रशस्त मात्रामा फाइबर हुन्छ। फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ।

५. क्यान्सरको जोखिमबाट बचाउँछ
मेवाको बीउमा पोलिफेनोल हुन्छ जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो। त्यसले हाम्रो शरीरलाई विभिन्न प्रकारका क्यान्सरहरूबाट बचाउँछ। मेवाको बीउमा आइसोथियोसाइनेट पनि हुन्छ, जसले क्यान्सर कोशिकाको निर्माण र विकासलाई रोक्छ।

६. मिर्गौलालाई फाइदा गर्छ
मेवाको दानाले मिर्गौलालाई क्षति हुनबाट जोगाउँछ। यसको सेवनले मिर्गौलाको कामलाई सहज बनाउँछ।

७. मुटुको लागि फाइदाजनक
मेवाको दानाले हाम्रो मुटुको रक्षा गर्छ। दानाहरूले रक्तचाप र कोलेस्ट्रोल स्तर कम गर्न पनि मद्दत गर्दछ, जसले हाम्रो हृदयलाई विभिन्न विकारहरूबाट बचाउँछ।

८. छालाको लागि राम्रो
मेवाको बीउमा एन्टी एजिङ गुण हुन्छ। तिनीहरूले हाम्रो छालाको लचिलोपन कायम राख्छन् जसकारण रिन्कलहरु विकासलाई हुन पाउदैनन्।

९. महिनावारीमा दुखाइ कम गर्छ
मेवामा क्यारोटिन हुन्छ। जसले एस्ट्रोजेन हर्मोनको उत्पादनलाई नियन्त्रण गर्न मद्दत गर्दछ। मेवाको बीउले महिनावारी गराउन मद्दत गर्छ र यसको फ्रिक्वेन्सी पनि बढाउन सक्छ। यसले केहिहदसम्म महिनावारीमा हुने दुखाई पनि कम गर्न मदत गर्छ।

१०. फुड पोइजन निको पार्छ
अनुसन्धानको अनुसार मेवाको बीउको खानाले ईकोली, साल्मोनेला, स्टेफिलोकोकस, आदि जस्ता ब्याक्टेरियाहरूलाई मार्न मद्दत गर्दछ। जुन फुड पोइजन गराउने ब्याक्टेरियाहरू हुन्।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन