fbpx

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिने तयारी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिने तयारी छ । त्यसका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक आज बिहान ११ बजे बस्दै छ । शुक्रबारको कार्यदल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने मन्त्री पौडेलले बताउनुभएकाे छ ।

न्यूनतम साझा कार्यक्रममा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टार नियन्त्रण र सुशासन, छिटोछरितो सरकारी सेवा लगायतका विषय समेटिने एक नेताले बताउनुभयाे ।

कार्यदलको बैठक बिहीबार पनि बसेको थियो । कार्यदलका एक सदस्य एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम शुक्रबारका लागि सारिएको थियो ।

कार्यदलले दिने मस्यौदालाई सत्ता साझेदार दलका शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभन्दा अगाडि नै सरकारको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्ने तयारी छ । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिंदैछन् ।

यसअघि पहिलो चरणमा सत्ता साझेदार दलका नेताहरुले आ–आफ्नो तर्फबाट न्यूतम साझा कार्यक्रममा समेटिनुपर्ने विषय प्रस्तुत गरेका थिए । तिनै विषयवस्तुलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिएको हो ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर