सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास
बैंकको आर्थिक सहयोग

author

समाचारपाटी

२ years अगाडि

पोखरा । लुम्बिनी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहायोग गरेको छ । बैंकले सहारा एकेडेमीका लागि २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई रकमको चेक हस्तान्तरण गर्नुभएकाे हाे ।

सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताउनुभयाे । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तराता दिने सञ्चालक सिग्देलले बताउनुभयाे ।
लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताउनुभयाे । कार्यक्रममा बैंकका मुख्य प्रबन्धक तथा बजार व्यवस्थापन विभाग प्रमुख दिपक खनाल, छोरेपाटन शाखाका प्रवन्धक प्रकाशचन्द्र पहारी, न्यूरोड शाखाका प्रवन्धक बलबहादुर ढकाल, लेकसाइड शाखाका प्रवन्धक महेन्द्र कुमार श्रेष्ठ, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी, क्लबका निवर्तमान
अध्यक्ष केशव वहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतले बैंक र एकेडेमीका बारेमा जानकारी दिनुभएकाे थियाे ।

एकेडेमीमा हाल १३ जना विपन्न परिस्थितिका बालकहरु छन् । सहारा क्लब पोखराले उनीहरुको लालन– पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ । लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जनाउनुभयाे ।


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन