तमुधीं यूकेको टोलीलाई सहारा क्लव पोखराको स्वागत,सहारा क्लवलाई तमुधीं यूके द्वारा नगद ५५ हजार सहयोग

author

समाचारपाटी

२ years अगाडि


पोखरा । सहारा क्लव पोखराले तमुधीं यूकेको टोलीलाई स्वागत गरेको छ । बिहीबार सहारा क्लव पोखराले दोविल्लास्थित ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’मा यूकेको टोलीलाई स्वागत गरेको हो ।

कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले संस्थाले गरेका कामबाट आफूहरु प्रभावित भएको बताउनुभयाे । उहाँले क्लवका रचनात्मक तथा परोपकारी कार्यहरुमा आफूहरु निरन्तर जोडिदै जाने बताउनुभयाे । उहाँले क्लवले आयोजना गर्ने आहा ! रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिनुभयाे ।

तमुधीं यूकेका संस्थापक सदस्य तथा सहारा यूकेका कार्यसमिति सदस्य मञ्जु गुरुङ राईले क्लवले सञ्चालन गरेको एकेडेमीको सफलताको कामना गर्दै खेलकुदमा अनुशासन महत्वपूर्ण हुने बताउनुभयाे । पूर्व राष्ट्रिय भलिबल प्रशिक्षक तथा खेलाडी समेत रहेकी उहाँले अनुशाननै खेलाडीको गहना भएको बताउनुभयाे । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले तमुधीं यूकेको टोलीलाई पोखरामा स्वागत गर्दै मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्डमा तमुधीं यूकेले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयाे। उहाँले आगामी दिनमापनि निरन्तर सहयोगको अपेक्षा गर्नुभएकाे थियाे ।

कार्यक्रममा तमुधीं यूकेका तर्फबाट एकेडेमीका लागि ५५ हजार रुपैयाँ संस्थाका अध्यक्ष हरि गुरुङले क्लवका अध्यक्ष हरिराम गुरुङ सुरज,कोषाध्यक्ष विनु रानामगरलाई हस्तान्त्रण गरे भने टोलीसँगै संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङका छोरा बेन्जेमेन गुरुङले एकेडेमीमा रहेका बालकहरुको खाजा तथा खानाका लागि २० हजार रुपैयाँ हस्तान्त्रण गर्नुभएकाे थियाे ।

वि.स. २०६३ सालमा पोखरा – १७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरीद गरी शुरु गरिएको एकेडेमीको पुर्वाधार क्लबले तयार बनाईसकेको छ । अहिले एकेडेमीमा १५ बालकलाई रहेका छन् । कार्यक्रममा तमुधीं यूकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, वरिष्ट उपाध्यक्ष जुमकाजी गुरुङ, तमुधीं आमा समुहका अध्यक्ष सन्ध्या गुरुङ, उपाध्यक्ष कमलादेवी गुरुङ, पूर्वअध्यक्ष तथा सहारा क्लवका सल्लाहाकार मुछेत्र गुरुङ, सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ, शिक्षा तथा संस्कृतिविद एकेन्द्र गुरुङ, संस्थाका कार्यसमिति सदस्य तथा गोरखा मिडियाका निर्देशक मिलन गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा सहारा हङकङका अध्यक्ष दीपक गुरुङले स्वागत र सचिव सुनिल रानामगरले सञ्चालन गर्नुभएकाे थियाे । यसैविच तमुधीं यूकेको टोलीले पोखरा–१७ स्थित नौलो घुम्तीकोपनि अवलोकन गरेको थियो ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन