fbpx

साफ यु–१६ च्याम्पियनसिप खेल्ने नेपाली यु–१६ टोली भूटान प्रस्थान

author

समाचारपाटी

१ year अगाडि

साफ यु–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली किशोर फुटबल टोली बुधवार भुटानकोे थिम्पु प्रस्थान गरेको छ । भूटानको थिम्पुमा शुक्रवारदेखि शुरु हुने साफ यु–१६ च्याम्पियनसिपको चौथो संस्करणमा चुनौति प्रश्तुत गर्ने नेपाली किशोर टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । उनीहरूलाई सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मा बुधवार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले शुभकामनासहित बिदाइ गरेका थिए । रविन्द्र सिलाकारको प्रशिक्षणमा रहेको २३ सदस्यीय नेपाली बुधवार नै थिम्पु प्रस्थान गरेका छन् । यस अघिका विजेताद्वय भारत र बंगलादेशको समूह ‘ए’ मा रहेको नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । यो उमेरसमूहमा नेपालको किशोर टोलीले अहिलेसम्म उपाधि जित्ने सकेको छैन । 

सन् २०११ देखि शुरु भएको साफ यु–१६ च्याम्पियनसिपमा अहिलेसम्म तीन संस्करण सम्पन्न भइसकेको छ । यस पटक भने नेपाल यसअघिका विजेताद्वय भारत र बंगलादेशलाई समूह चरणमा नै हराउँदै दाबेदारी प्रश्तुत गर्न चाहन्छ । नेपालले आईतवार बंगलादेशबिरुद्ध खेल्दै यस संस्करणको यु–१६ मा सुखद् शुरुवात गर्ने लक्ष्यमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको १४ दिनको प्रशिक्षण र अधिकांश एन्फा यु–१६ युथ लिग खेल खेलेका खेलाडी रहेकाले भूटानमा राम्रो प्रदर्शन गर्ने नेपाली टोलीको विश्वास छ । 

नेपाली यु–१६ किशोर टोलीको गोलकिपरमा विशेष बानिया, पेम्बा भोटे र भक्तबहादुर परियार, डिफेन्डरमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान्तराज लावत, किशोर कुमार दनवार र सरन एसके छन् । मिडफिल्डरमा सुजल स्याङ्तान, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, राम थामी, दिलन लिम्बू र फरवार्डमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारी छन् । च्याम्पियनसिपमा सेप्टेम्बर १ देखि १० सम्म भूटानको राजधानी थिम्पुमा हुनेछ ।

६ टोलीको सहभागी रहने प्रतियोगितामा समूह ‘बी’ मा आयोजक भूटान, माल्दिभ्स र पाकिस्तान छन् । भूटानले पछिल्ला समय युथ फुटबलमा राम्रो गरिरहेको छ । त्यसले यो समूहबाट पूर्वच्याम्पियन भुटान र पाकिस्तानले दाबेदारी दिनसक्छ ।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक