fbpx

रुसमा बाढीबाट हजारौँ बिस्थापितः ओरेनबर्ग, कुर्गन र ट्युमेन क्षेत्रमा संकटकाल घोषणा

author

समाचारपाटी

८ महिना अगाडि

रसियामा आइरहेको बाढीबाट जोगाउन बिहीवारसम्म कम्तीमा १३ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । रुसका धेरै क्षेत्रहरूमा पानीको सतह बढ्दै गएपछि उनीहरुलाई सुरक्षित सथानमा सारिएको हो । औसत तापक्रममा लगातार बृद्धि, हिउँ पग्लने र नदीहरूमा बाढी आइरहेको कारण रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रिय संघीय जिल्ला बाढीको चपेटामा परेका छन् । ओरेनबर्ग, कुर्गन र ट्युमेन क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । सबैभन्दा बढी प्रभावित पश्चिमी ओरेनबर्ग क्षेत्रमा, ७ हजार ८ सय मानिसहरूलाई बिस्थापित गरिएको छ । क्षेत्रीय सरकारका अनुसार क्षेत्र वरपरको उरल नदीमा पानीको स्तरले सीमा नाघेको छ । निकट भविष्यमा यस क्षेत्रमा ठूलो बाढी आउने अनुमान छ । कुर्गन क्षेत्रमा ६ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको क्षेत्रीय गभर्नर वादिम सुम्कोभले बताउनु भयो । ट्युमेन क्षेत्रमा, इशिम र टोबोल नदीहरूमा पानी एकै दिनमा ५६ सेन्टिमिटर र २२ सेन्टिमिटरले बढेको स्थानीय अधिकारीहरूले बताएका छन् । बाढी २३ अप्रिलदेखि २५ सम्म झनै बढ्ने अनुमान गरिएको छ । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन