सत्ता गठबन्धन धेरै जाला जास्तो देखिएनः वर्षमान पुन

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सत्तागठबन्धन धेरै अगाडि जान नसक्ने बताउनुभएको छ ।


आईतवार संसद भवन परिसरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रममा नीति काँग्रेसको र कार्यक्रम एमालेको भएको आरोप लगाउनु भयो । उहाँले नीति एकातिर र कार्यक्रम अर्कैतिरबाट आएकाले कार्यान्वयनमा शंका गर्नुपर्ने भन्दै सत्तागठबन्धन धेरै लामो सयम नटिक्ने जिकिर गर्नुभयो । उहाँले उल्टो बाटोमा हिँडेको सरकारले ल्याएको नीति तथा कार्यक्रम भएकाले प्रतिक्रिया दिन पनि अप्ठ्यारो भएको दाबी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री गम्भीर नदेखिएको उहाँको भनाइ छ । युवामा देखिएका निराशा चिर्नेगरी युवाशक्तिलाई आशावादी बनाउने कुनै कार्यक्रम भएको भनेर प्रधानमन्त्रीले नै आत्मविश्वास गुमाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकार उल्टो बाटो हिँडिरहेको छ । प्रतिक्रिया दिन पनि अफ्ठ्यारो छ । नीति तथा कार्यक्रममा नीति मात्रै ल्यायो कार्यक्रम ल्याएन । अहिले चाहिँ बजेटको सिद्धान्त र प्राथमिकता ल्याउनु पर्नेमा फेरि कार्यक्रम ल्यायो ।सरकार नै अलमलमा परेको देखिन्छ । नीति कार्यक्रममा नीति काँग्रेसको कार्यक्रम एमालेले बाँढेर कार्यक्रम बजेटको प्राथमिकतामा हालेको जस्तो सिद्धान्त जति वा नीतिगत कुराहरु कार्यक्रममा राखेको जस्तो देखिन्छ । यस्तो अफ्ठ्यारोमा छ सरकार । नीति एकातिरबाट कार्यक्रम अर्कोतिरबाट ल्याउनु पर्ने । दुई ठुला पार्टीहरुको गठबन्धन धेरै जाला जस्तो लाग्दैन यो तालले । उहाँहरुको जाला नजाला तर यो देशले जनताले सबैले दुःख पाइने भयो । नीति कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफमा सरकार प्रधानमन्त्री त्यति गम्भीर पाइएन । जति गम्भीर हुनुपर्ने हो किन भने यो गम्भीर विषय हो । किनभेन यो सिद्धान्तमा यसरी अगाडि लैजान्छु यो नीतिमा यो कार्यक्रममा मुख्य रुपान्तरणकारी कार्यक्रमहरु अहिले जनतामा विश्वास जगाउने कार्यक्रमहरु हुन्छन्, युवामा भएको निराशा चिर्ने खालका हुन्छने भनेर आत्मविश्वासका साथ प्रधानमन्त्रीले भन्न सक्नुभएन ।  त्यसो गर्दा बजेटमा शंका गर्नुपर्ने भयो अलमलको बजेट भयो । काम चलाउ जस्तो होला जस्तो छ ।’
पूर्वअन्र्थमन्त्री समेत रहनुभएका उपमहासचि पुनले नीति तथा कार्यक्रममा सत्ता गठबन्धनका दुई ठूला दल काँग्रेस र एमालेबीच विवाद देखिएको बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन