भैँसी, राँगाको गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबर बाहेक केही पाउँदैनौँ : रवि लामिछाने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी माग्नुभएको छ । 


बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाउने बताउनु भयो । उहाँले सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको बताउनु भयो । सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्ने बताउनुभएको हो ।


उहाँले भन्नुभयो – ‘हामीले पार्लियामेन्टको डिग्निटी राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौँ ? यसबारेमा अलिकति ध्यानाकर्षण गराउन चाहन्छु । जस्ता जस्ता विषयहरुमा हामीले छलफल गयौँ हामी नयाँ राजनीतिक दलका हिसाबमा । चाहे ति हाम्रा पक्षबाट आएका हुन् या अन्य राजनीतिक दलबाट आएका विषयहरु हुन् । हामी कहीँ न कहीँ लज्जित भएका छौँ । यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर यदी पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ । हामी आत्मआलोचना गर्न चाहन्छौँ । हाम्रा दलबाट पनि भएका कमी, कमजोरीलाई आत्मआलोचना गर्न चाहन्छौँ । र नयाँ राजनीतिक दलका रुपमा हामी एउटा नयाँ अभ्यास लिएर आएका छौँ । हामीले आज बजेटमा कुराकानी गरिरहँदा, राष्ट्रका महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम सर्वसाधारणमा संसदबाट राम्रो सन्देश गएको छैन । म आफ्नो भागमा परेको ब्लेम, आफ्नो भागमा परेको जुन दुःख छ, आफू जिम्मेवार हुन चाहन्छु र आफ्नो राजनीतिक दलको तर्फबाट गत केही दिनमा भएका बहहिरु अलिकति अमर्यादित भएकोमा क्षमा याचना गर्न चाहन्छु ।’


सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गर्नुभयो । उहाँले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गर्नुभयो । उहाँले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरु बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गर्नुभयो । उहाँले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । सभापति लामिगछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्नुभयो । त्यसैगरी उहाँले आगामी दिनमा बजेट बन्नुभन्दा ५ महिना अगाडी नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै आफुहरु जन्मसिद्ध नागरिकहरुले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र आफूहरु छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको उहाँले बताउनु भयो ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन