काठमाडौं । विरोध स्वरुप आरआर क्याम्पस अगाडि विद्यार्थीहरूले मतदान गरेका छन् ।एमाले निकट विद्यार्थी संगठनले अन्तिम समयमा ताला लगाएपछि आरआरको चुनाव स्थगित भएको छ।चुनाव गराउन माग राख्दै सांकेतिक रुपमा विरोध स्वरुप सडकमा नै मतपेटिका राखेर मतदान गरेको स्ववियुका उम्मेदवार समेत रहेका संगम राईले बताएका छन् । । मंगलबारका लागि तोकिएको चुनाव अनेरास्ववियुले ताला लगाएपछि स्थगित भएको छ ।