काठमाडौं । आरआर क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ । चैत ५ मा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएपछि चुनाव स्थगित भएको थियो । शुक्रबार सर्वदलीय बैठक बसेर १६गते चुनाव गर्ने निर्णय भएको छ ।आरआरमा ५ हजार १४६ मतदाता रहेका छन l