fbpx

राप्रपाको राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । बुधवार काठमाडौंमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो । राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङदेनले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।
बुधवार काठमाडौंमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो । राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले उहाँहरुबाट निष्पक्ष र राष्ट्रको अविभावकीय भुमिका निर्वाह नहुने देखेपछि हामीले सो निर्वाचनमा तटस्थ बस्न उपयुक्त हुने निस्कर्ष निकालेको उहाँको तर्क थियो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा सहभागी हुने÷नहुने, मतदान गर्ने÷नगर्ने भन्ने विषयमा लामो छलफल गर्‍यो। र, अन्ततः सर्वसम्मत ढंगले यो राष्ट्रपतिको निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेका छौं । खासगरी हामीले अहिले सैद्धान्तिक रुपमा राष्ट्रपति भन्ने संस्थासँगै हाम्रो फरक मत छ । त्यो त आफ्नो ठाउँमा छँदैछ । तर, त्यो भन्दा पनि अहिले राष्ट्रपतिलाई संविधानले अहिले जुन संवैधानिक वा सेरेमोनियल संस्था, राष्ट्रको अभिभावकीय, , निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको छ । अहिले उम्मेदवार बन्नुभएका दुवै उम्मेदवारहरु सक्रिय राजनीतिमा रहनुभएको, दुवै जना भर्खरै एक/एक वटा राजनीतिक पार्टीबाट प्रतिनिधि सभाको निर्वाचित हुनु भएको व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुबाट त्यो अभिभावकीय भुमिका र त्यो निष्पक्षताको हामीले परिकल्पना गर्न सक्दैनौं । त्यसकारणले यो निर्वाचनमा हामी चाहीँ तटस्थ बस्नु उपयुक्त हुन्छ भन्ने निस्कर्षमा पुगेका हौं ।’

फागुन २५ गते भोलि राष्ट्रपति पदको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन