काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको सङ्कटबाट मुक्त गर्न राष्ट्रबादी ,सनातन हिन्दुबादी पक्षधर शक्तिहरु केहि मतभिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताउनुभएकाे छ । नयाँ बर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै थापाले मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिको निमित्त सबै आ-आफ्नो ठाउँबाट लचकता अपनाउदै एकतामा आउनुपर्नेमा जोड दिनुभयाे ।
मुलुकको ब्यवस्था मात्र परिवर्तन भएको अबस्थामा कुनै परिबर्तन नभएको चर्चा गर्दै थापाले राजनीतिक परिबर्तनले सनातन धर्म, संस्कृती र परम्परालाई नष्ट गरेकोमा चिन्ता ब्यक्त गर्दै थापाले आर्थिक बिकास, समृद्धि र देश निर्माण मृगमरिचिका बनेको बताउनुभयाे । वैदेशिक रोजगारी अलिकति मात्रै तलमाथी परे देशको अर्थतन्त्र तासको घर झै ढल्ने भन्दै थापाले मुलुकको न्यायपालिका ,ब्यवस्थापिका र कार्यपालिका राजनितिको छाँयामा परेकोमा चिन्ता ब्यक्त गर्नुभयाे ।
ठुला दलहरुको अदुरदर्शिता र अकर्मण्यताको कारण बिदेशी चलखेल र प्रभाव बढेको, कानुनी मान्यतामाथी हमला गरिएको सिमित राजनीतिक दलका सिमित नेताहरुको सिन्डिकेटतन्त्र हाबी भएको भन्दै थापाले राप्रपा नेपाललाई बैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने अग्नि परिक्षामा उच्च मनोबल सहित खरो रुपमा उत्रन नयाँ बर्षले सबैमा प्रेरणा दिने समेत थापाले बिश्वास ब्यक्त गरे । कार्यक्रममा पार्टीका उपाध्यक्ष एबं उपत्यका संयोजक जयकुमार खड्का , केन्द्रीय सदस्य राजकुमार खड्का लगायतले बोलेका थिए ।