पुँजि बजारका लगानिकर्ताहरुको आर्थिक सुरक्षामा तत्काल ध्यान दिनको निमित्त राप्रपा नेपालकाे सरकारसङ्ग माग

author

समाचारपाटी

२ years अगाडि

राप्रपा नेपाल केन्द्रिय कार्य सम्पादन समितिको साेमबार काठमाडौंमा बसेको बैठकले बैंक र विभिन्न बित्तीय संस्थाहरुको चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समय सिमा बढाउन माग गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको
केन्द्रिय कार्य सम्पादन समितिको बैठकले लघुबित्तको ऋणचक्रमा परेका बिपन्न परिवारलाई ऋण मुक्त पार्न प्रभाबकारी कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

साना किसान र साना ब्यवसायीहरुको दुरावस्थालाई ध्यानमा राखी ॠणमुक्त गराउने नीति ल्याउन सरकार अग्रसर हुनुपर्नेमा समेत बैठकले जोड दिएको छ । महङ्गी नियन्त्रण गर्न तत्काल शसक्त र प्रभाबकारी कदम चाल्न तथा पुँजि बजारका लगानिकर्ताहरुको आर्थिक सुरक्षामा तत्काल ध्यान दिनको निमित्त राप्रपा नेपालले सरकारसङ्ग माग गरेको छ ।

बैठकले संगठन बिस्तारका क्रममा काठमाण्डौ उपत्यका भित्रका सबै वडाहरुमा चैत्र मसान्त भित्र ईकाई समिति गठन गर्ने,प्राथिमिकता प्राप्त १५ जिल्लाहरुका वडाहरुमा बैशाख मसान्त भित्र ईकाई समिति गठन गर्ने,अन्य जिल्लाहरुमा कम्तिमा पालिका तहका जेष्ठ महिना भित्र ईकाई समिति गठन गर्ने कार्य योजना पारित गरेको छ ।

साथै जिल्लागत जिम्मेवारी दिई ६ वटा बिभिन्न टोली बनाएर जिल्ला पठाउने पठाउने निर्णय गरेको छ । नेताहरु राजिव पराजुली, श्याम तिमिल्सिना,सुशील श्रेष्ठ, राजाराम बर्तौला, केशव श्रेष्ठ, तेज कुरुम्वाङ लगायत प्रदेश अध्यक्षहरु सहभागी भ्रमण टोलि जिल्लामा खटिने समेत निर्णय भएको छ ।

साथै चैत्र महिना भित्र प्रदेश स्तरिय प्रशिक्षण,बैशाख महिना भित्र जिल्ला स्तरिय प्रशिक्षण संचालन हुनेछ भने उपत्यका भित्रका पालिकामा चैत महिनामा र अन्य पालिकास्तरिय प्रशिक्षण मंसिर महिना भित्र सम्पन्न गरिने निर्णय भएको छ । साथै आर्थिक विभाग,कानुन बिभाग र नीति तथा अनुसन्धान बिभागको कार्यक्रम पास गरेको छ । बैशाखको दोस्रो हप्ता संयुक्त जनप्रदर्शन गर्ने र पौष महिना भित्र जनबर्गिय संगठनको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको प्रबक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिनुभयाे ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन