पोखरा । सन् २००६ मा सामाजिक कार्य गर्ने उद्धेश्यले स्थापना भएको रोटरी क्लब अफ पोखरा अन्नपुर्णले बुधबार स्थापनाको १७ औं वर्ष पार गरेको उपलक्ष्यमा एक कार्यक्रम गरेर मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष देवराज चालिसेले कार्यक्रमको उद्घाटन गर्दै क्लबले सामाजिक कामहरु गरिरहेको बताउँदै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्नु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद राजकुमारी भुजेलले रोटरी क्लबले गरेका कामहरु अनुकरणीय रहेको बताउँदै सामाजिक कामहरु गर्दा तत्कालको आवश्यकता पुरा गर्ने भन्दा पनि दिर्घकालिन असर पार्ने काम गर्न आग्रह गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रम संयोजक प्रेसिडेन्ट ईलेक्ट तोयबहादुर भट्टराईले आफ्नो कार्यकालमा क्लबलाई सम्पुर्ण साथिहरूको सहयोगमा थप सशक्त र वढि क्रियाशिल भै सामाजिक काम गर्ने बताउँदै स्वागत मन्तव्य दिनुभएको थियो ।
पुर्व अध्यक्षहरु, संस्थापक सदस्यहरू तथा विभिन्न क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सार्जेन्ट आर्म नवीन बराल, सदस्य पवित्रा थापामगरले धन्यबाद दिनु भएको थियो । साथै क्लबका पुर्ब अध्यक्ष ईश्वर कर्माचार्य असिष्टेन्ट गभर्नरमा मनोनित हुनुभएकोमा सम्मान गरिएको थियो ।
अध्यक्ष देबेन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निकेश प्रसाद कर्माचार्यले गर्नुभएको थियो ।