इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र विश्व यहूदी कंग्रेसका अध्यक्ष रोनाल्ड एस. लाउडरले मध्यपूर्वमा स्थिरता पुनस्र्थापित गर्ने तरिकाहरूबारे छलफल गर्नुभएको छ । इजिप्टको राजधानी कायरोमा भएको बैठकमा अल–सिसीले १९६७ को सिमानामा पूर्वी जेरुसेलमको राजधानीको रूपमा स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना नै दिगो शान्ति प्राप्त गर्ने एकमात्र ग्यारेन्टर भएको पुष्टि गर्नुभयो । उहाँले गाजा पट्टीको पुनर्निर्माण प्रक्रिया सुरु गर्ने महत्वपूर्ण आवश्यकतालाई दोहोर्याउनु भयो । इजिप्टका राष्ट्रपतिले यस सम्बन्धमा इजिप्टले व्यापक योजना विकास गरिरहेको पनि पुष्टि गर्नुभयो ।
सिन्ह्वा