काठमाडौं I कप्तान रोहित पौडेलको उत्कृष्ट अलराउण्ड प्रदर्शनले लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।
ब्याटिङमा ८० रन र बलिङमा ४ विकेटको योगदान दिएपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गर्यो। पाँचौ खेलमा पहिलो जित हात पार्दै लुम्बिनीले आफ्नो अंक खाता खोलेको छ।