अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाका विभिन्न सडक अवरुद्ध

author

समाचारपाटी

२ years अगाडि

दुई दिनदेखि लगातार परेको अविरल वर्षाले  पाल्पाका विभिन्न सडकहरुमा पहिरो खसी अवरुद्ध भएका छन्। सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको चिदिपानी धैरेनीमा लेदोसहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

राम्दी देखी रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्रको सेरामा पहिरो खसी सडक अवरुद्ध भएको छ । लेदो हटाउन २ वटा मेसिन तयारी अवस्थामा रहे पनि लगातारको वर्षाको कारण काम गर्न कठिनाइ भएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणी निरौलाले बताउनुभयाे ।

तानसेन रिडी सडक खण्डकको ढुङ्गाखानीको तिन लाकुरी खण्डमा पहिरो झरी सडक अवरुद्ध भएकोमा सडक खुलाउने प्रयास भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।

तानसेन रानीमहल सडक खण्डको रानीमहल माथि पहिरो खसी सडक अवरुद्ध भएको छ । तानसेन बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र, पानी मिल क्षेत्रमा बगेको लेदो तथा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चानमा आएको डिभिजन प्रमुख निरौलाले बताउनुभयाे । 

राजमार्ग क्षेत्र बुटवल तानसेन सडकखण्डको हिउँदे खोलामा स्काभेटर, पानी मिल क्षेत्रमा लोडर, बतुङ्गमा जेसिवी आर्यभञ्ज्याङ्ग लोडरसहित जनशक्ति तयारी अवस्थामा राखेर अवरुद्ध भएको क्षेत्रमा ढिलोमा १ घण्टा भित्र पुग्ने गरी व्यबस्थापन मिलाएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख निरौलाले बताउनुभयाे । 

पूर्वखोलाको हेक्लाङ्ग, रम्भाको फोक्सिङकोट सडक पहिरो झरी बन्द भएको ताहु प्रहरी चौकीले जनाएको छ । आर्यभञ्ज्याङ्ग रामपुर सडकको बेलडाडामा खसेको पहिरो डोजरले हटाई सडक सूचारु गरेको प्रहरी चौकी जप्कादीले जनाएको छ ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन