fbpx

अधिकारकर्मीहरु भन्छन्ः दलितमाथि विभेदसँगै हिंसा हुन थाल्यो

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । दलितमाथि पछिल्लो समय विभेदभन्दा पनि हिंसा हुन थालेको दलित अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् । कुनै बेला छोईछिटो गर्नेसम्मको मात्रै विभेद गर्ने समाजले पछिल्लो समय दलितलाई मार्ने सम्मको क्रियाकलाप गर्न थालेको प्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

दलितका लागि दलित अभियान नेपालले दैलेखमा गरेको विशेष जागरण सभामा अधिकारकर्मीहरुले दलितहरुले आफ्नो न्यायको लडाँई एकताबद्ध भएर लड्नुपर्ने बेला आएको बताएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिस्वकर्माले मानिसलाई जबर्जस्ति दलित बनाएर राज्यले अपराध गरेको बताउनुभयाे । उहाँले दलितको समस्या पुरै देशको समस्या भएकोले दलितसँगै गैरदलितहरुले पनि यो मुद्दालाई उत्तिकै संवेदनशील हिसाबले लिनुपर्नेमा जोड दिनुभयाे ।

त्यस्तै कर्णाली प्रदेश सभा सदस्य उर्मिला बिस्वकर्माले दलित आन्दोलनको लागि आफू सबै त्यागेर लाग्न तयार रहेको बता । दलित समुदायको न्याय र मुक्तिका लागि पार्टी भन्दा माथी उठेर लाग्नुपर्ने परिस्थिति बनेको ठहर गर्दै परिस्थिती आएको खण्डमा सबै दलितहरुले पार्टी राजनीति त्यागेर दलित आन्दोलनमा होमिनुपर्ने उनको जोड थियो । साथै कर्णाली प्रदेशको निवर्तमान मन्त्री समेत रहेकी विश्वकर्माले कर्मचारीतन्त्र हावी हुँदा दलितमैत्री कानुन निर्माणमा पनि समस्या आएको बताउनुभयाे ।

कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितहरु पार्टी कार्यकर्ता र नेताभन्दा माथि उठेर समुदायको लागि लड्नुपर्ने बेला आएको बताउनुभयाे । उहाँले आफ्नो लागि आफैंले लडाईं नलड्दा सम्म दलित समुदायले मुक्ति पाउन नकस्ने ठहर गर्दै हालसम्म भएका राजनीतिक आन्दोलन र युद्धहरुले दलितलाई मुक्ति दिने नाममा उपयोग मात्रै गरेको बताउनुभयाे । उहाँले दलित समुदायलाई एक ठाऊँमा आएर आफ्नो न्यायको लागि आवाज उठाउन आह्वान समेत गर्नुभएकाे थियाे ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेद विरुद्ध गित गाउनुभएकाे थियाे । कार्यक्रमलाई भगवतीमाई युवा संजालले समन्वय गरेको थियो भने स्थानीय अन्य संघ सस्थाहरुले सहकार्य गरेका थिए । 


काठमाडौं

आइतवार, साउन ६, २०८१

२३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...