fbpx

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन गर्ने भएको छ । विशिष्ट व्यक्तिको सवारीका बेला नागरिक हिँड्न समेत नपाउनेगरी सुरक्षामा कडाइ गरेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्ने भएको हो ।

नेपाल चिकित्सक सङ्घसँगको वार्ताका क्रममा सरकारी पक्ष कार्यविधि संशोधन गर्न तयार भएको हो । गएको शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आउजाउ गर्ने क्रममा सडकमा नागरिकसम्म हिँड्न पाएका थिएनन्, उपत्यकाभर जाम बढेको थियो ।

यस्तै सवारीका बेला हिँडेको भन्दै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरलाई समेत कुटपिट गरेको थियो । कुटपिटको विरोधमा सङ्घले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेपछि सरकार र नेपाल चिकित्सक सङ्घबीच वार्ता भएको छ ।

वार्तामा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गर्नेसहित ६ बुँदे सहमति भएको छ । अब अति विशिष्ट र विशिष्ट व्यक्तिको सवारीका कारणले बिरामी एवम् आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायत संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने व्यवस्था गर्ने सहमति गरेपछि चिकित्सकहरूको आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...