पर्सामा ट्राफिक नियम उल्लंघन गर्नेबाट ३ करोड बढी राजश्व संकलन

author

समाचारपाटी

१0 महिना अगाडि

वीरगन्ज । पर्सामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन र त्यसका चालकलाई कारबाही गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक वर्षमा तीन करोड रुपेयाँभन्दा बढी राजश्व संकलन गरेको छ। गत आर्थिक बर्ष २०८०र८१ मा जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधन र त्यसका चालकलाई कारबाही गरेर ३ करोड १६ लाख ३८ हजार ३९१ रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिनुभयाे। उहाँका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेका २९ हजार ५०७ सवारी साधन कारबाहीमा परेका हुन्।

तीमध्ये सबै भन्दा बढी १० हजार ७५२ ट्रक चालकलाई कारबाही गरी उनीहरुबाट जरिवाना बापत १ करोड ५४ लाख ५१ हजार ५१ रुपैयाँ राजश्व संकलन गरिएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले जानकारी दिनुभयाे। यस्तै ट्राफिक नियम मिचेका १२ हजार ७ सय ७४ जना मोटरसाइकल चालकलाई कारबाही गरि उनीहरुबाट जरिवाना बापत ८८ लाख ७८ हजार ५५१ रुपैयाँ र २ हजार १ सय ६७ वटा हलुका सवारी (कार,जीप र भ्यान) लाई कारबाही गरि २० लाख २१ हजार ७५२ रुपैयाँ राजश्व उठाइएको खतिवडाले बताउनुभयाे।

यस्तै १ हजार ३५ वटा ईरिक्सा र टेम्पोलाई कारबाही गरी ७ लाख ३२ हजार १०० , ४ सय ६ वटा ट्याक्टरबाट ३ लाख ४० हजार ५०० र २ सय ३८ वटा बसबाट २ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ। गत आर्थिक वर्षमा मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी चलाउने १ हजार ९९ सय जना चालकलाई कारबाही गरी उनीहरुबाट जरिवाना बापत ११ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरिएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले जानकारी दिनुभयाे।

यस्तै हेल्मेट र सिट बेल्ट नलगाई सवारी चलाउने ८ सय ९८ चालकबाट ४ लाख २२ हजार रुपैयाँ, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बेगर सवारी चलाउने २ हजार ९ सय ४८ चालकबाट ३० लाख ५६ हजार रुपैयाँ राजश्व संकलन गरिएको उहाँले बताउनुभयाे। यसैगरी सिट क्षमता भन्दा बढी यात्रु चढाउने ६ सय ४० चालकबाट ६ लाख ४४ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको जानकारी खतिवडाले दिनुभयाे।

अघिल्लो आर्थिक बर्ष २०७९र८० मा भने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ३५ हजार ५३४ वटा सवारी र सवारीसाधन र त्यसका चालकलाई कारबाही गरेर जरिवाना बापत ३ करोड ४२ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो।

शहरसँगै ग्रामीण भेगमा पनि ट्राफिक प्रहरीको परिचालन गरिएको तथा समुदाय तथा विद्यालयस्तरमै ट्राफिक सचेतनासम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएका कारण पर्सामा पछिल्लो समय ट्राफिक उल्लंघनका घटना कम हुँदै गएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले बताउनुभयाे। ट्राफिक उल्लंघनका घटना कम हुँदा जरिवाना बापत असुलिने राजश्वको परिमाण पनि घटेको उहाँले बताउनुभयाे।

onlinekhabar


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान