fbpx

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुँदै

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा आइतबार (आज) डेमो उडान हुँदैछ । यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने उल्लेख गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज गुल्मी प्रस्थान गर्नेछ । एयरलाइन्स कम्पनीका अनुसार तारा एयरले आइतबार बिहान १०:३० मा डेमो उडान गर्नेछ ।

जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट लगायत नेताहरू सवार हुनेछन् । साथै एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री समेत जहाजमा रहने छन् । तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत जहाजमा रहने भएका छन् ।

यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा रहने छ । त्यसपछि पुनः काठमाडौं फिर्ता हुने छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने छ । नियमित उडानका लागि भने कम्तिमा २ साता लाग्नेछ । यो विमानस्थलमा तारा एयरले प्रारम्भमा स्थानीय सरकारसँगको समन्वयमा उडान गर्ने भएको छ ।

रेसुङ्गा विमानस्थल सदरमुकाम तमघास क्षेत्रमा पर्छ । यो सदरमुकाम तमघासबाट ५ किलोमिटर दुरीमा छ । रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको जहाज मात्र जान सक्छ ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने