गुल्मी जिल्लाको रेसुङ्गा वन क्षेत्रमा फेला परे थप पाँच प्रजातिका चराहरु

author

समाचारपाटी

२ years अगाडि

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका चरारहरु फेला परेका छन् । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरासम्बन्धी अध्ययन गर्दै आएको छ । जस अनुसार पछिल्लो पटक गरिएको अध्ययनमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया, टुइँसी सुगा फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनुभयाे ।

नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये रेसुङ्गा क्षेत्रमा ३५ प्रतिशत पाइन्छन् । रेसुङ्गामा २ सय ५८ प्रजातिका चरा पाइने पंक्षी संरक्षण संघले जनाएको छ । यसअघि २सय ५३ प्रजातिका चराहरु फेला परेका थिए ।

रेसुङ्गा क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् ।रेसुङ्गा धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रसँगै चरा अवलोकनका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

चरासम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले तयार गरेको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक विमोचन गरिएको हो ।

पुस्तकको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बिमोचन गर्नुभएकाे हाे । पुस्तक विमोचन गर्दै नगरप्रमुख पन्थीले यसक्षेत्रको विकास र प्रचार प्रसारमा सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयाे ।

रेसुङ्गा क्षेत्रको विकास हुनु जिल्लाकै निम्ति गौरव रहेको पन्थीले बताउनुभयाे । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरासम्बन्धी अध्ययन गर्दै आएको छ ।

पुस्तकमा त्यस क्षेत्रमा पाइने चराहरु र त्यहाँको अवस्थाको बारेमा उल्लेख गरिएको छ । रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातिका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबै पक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत पन्थीले बताउनुभयाे ।

दुर्लभ चरा भेटिए पनि बासस्थानमा जलवायु परिर्वतन, विद्युतीकरण, चोरी सिकारी, वन डढेलो, बिजुलीका पोलहरु, बढ्दो रासायनिक पर्दाथको प्रयोग र दूरसंचार आवृत्ति जस्ता चुनौती रहेको छ । रेसुङ्गा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७,९०३ हेक्टर रहेको छ ।

यी क्षेत्रमा विश्वव्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुरलगायत चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

रेसुङ्गा धार्मिक, सांस्कृतिक, पर्यावरणीय, जैविक विविधताको भण्डार, जलाधार क्षेत्र, वैज्ञानिक महत्व राख्ने गुल्मीको पहिचान बोकेको स्थान हो ।

onlinekhabar


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन