काठमाडौं । सरकारले मुलुकको स्वतन्त्र र सार्वभौमिकताको सुरक्षा गर्दै सीमा सम्बन्धी सबै समस्यालाई कुटनीतिक पहलद्वारा समाधान गर्ने बताएको छ ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रश्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो प्रतिवद्धता जनाइएको हो ।
विदेशमा रहेका नेपालीहरुको हक, हीतको संरक्षण गर्ने बताएको छ । त्यस्तै सरकारले समस्यामा परेका नेपालीहरुको उद्धार र कानूनी सहायता र स्वदेश फिर्ता लगायत सेवा प्रभावकारी रुपमा उपलब्ध गराइने बताएको छ ।
त्यस्तै राहदानी सेवालाई छिटो, छरितो, प्रविधिमैत्री र भरपर्दो बनाउने घोषणा गरेको छ ।