fbpx

चितवन राष्ट्रिय निकुञ्जबाट १४२ वन्यजन्तुको उद्धार

author

समाचारपाटी

२ years अगाडि

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९(८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार गरिएको जानकारी दिनुभयो । गत वर्ष १९ सर्प, १३ चित्तल, छ पाटेबाघ, छ एक सिङ्गे गैँडा , पाँच संकटापन्न अवस्थाको घडियाल गोही उद्धार गरिएको उहाँको भनाइ थियो ।

मध्यवर्ती क्षेत्र, समुदाय तथा राष्ट्रिय वन क्षेत्रबाट सालक, कछुवा, सुनगोहोरो, गोहोरो, मगर गोही र जरायो एक–एकवटा उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताउनुभएको छ । ‘हामीले उद्धार गरेका वन्यजन्तु अधिकांश घाइते अवस्थामा रहेका छन्’ , ‘चिकित्सकसहितको उद्धार टोली घटनास्थलमा पुगेर वन्यजन्तुको उद्धार गरेर औषधि उपचारपछि प्राकृतिक वासस्थानमा नै छोड्ने गरेका छौँ ।’ राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता सूचना केन्द्रसँग वन्यजन्तु एम्बुलेन्स रहेकाले तत्काल एम्बुलेन्स लिएर वन्यजन्तुको उद्धारमा पुग्ने गरिएको छ ।

सामुदायिक वन तथा बस्तीमा गएर मानिसलाई आक्रमण गर्ने बाघलाई निकुञ्जले डार्ट बन्दुकमा लठ्याउने औषधि राखेको सुई हानेर गरेर खोरमा राख्ने गरेको छ । निकुञ्जसँग बाघ राख्ने छ वटा खोर रहेको र अहिले सबै खोरमा उद्धार गरिएका बाघ राखिएको छ ।

नवलपुर, चितवन, मकवानपुर र पर्सा जिल्लामा फैलिएको निकुञ्जले अधिकांश वन्यजन्तु नवलपुर र चितवनका विभिन्न स्थानबाट उद्धार गरेको हो ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर