fbpx

दूतावासको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन आग्रह

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । कुवेतमा रहेको नेपाली दूतावासले सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ । ‘वित्तीय सचेतना तथा सुरक्षित विप्रेषण आप्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रममा राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकलाई वित्तीय सचेतनाका बारेमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।

वित्तीय सचेतना र सामाजिक सुरक्षा कार्यक्रमको महत्त्वका बारेमा नेपाली श्रमिकलाई सरल तरिकाले बुझाएर कार्यक्रममा समेट्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका सहभागीले वित्तीय सचेतना, नेपालमा रेमिट्यान्स पठाउने तरिका, यसको प्रवृत्ति र सम्भावनाहरु तथा सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउन र श्रमिकको सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कुवेतका गैरआवासीय नेपाली सङ्घ, नेपाल पत्रकार महासङ्घ वैदेशिक शाखाका प्रतिनिधि र नेपालमा पैसा पठाउने वित्तीय क्षेत्रका सङ्घसंस्थामा कार्यरत नेपाली प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१८.६७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन